काठमाडौँ उपत्यकाको वायु प्रदूषण कायमै, सोमबार साँझदेखि हट्ने सम्भावना | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाको वायु प्रदूषण कायमै, सोमबार साँझदेखि हट्ने सम्भावना


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज वायु प्रदूषणको मात्रा केही घटे पनि खतरा कायमै छ ।

शुक्रबार र शनिबार विश्वकै सबैभन्दा उच्च प्रदूषित शहरको सूचीमा क्रमश पहिलो र दोस्रो स्थानमा रहेको काठमाडौँ आज यो समाचार तयार पार्दासम्म ११औँ स्थानमा झरेको छ ।

वातावरण विभागको प्रदूषण मापक यन्त्रले बिहान साढे ८ बजे गरेको मापनमा आज सबैभन्दा धेरै प्रदूषणा सिमरामा देखिएको छ ।  सिमरामा अहिलेको एक्यूआई (एयर क्वालिटी इन्डेक्स)३६३ मापन गरिएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा पनि आज वायुको गुणस्तर सूचक ३ सयभन्दा धेरै नै छ । भैँसेपाटी स्टेशनले गरेको मापनअनुसार हावाको गुणस्तर ३३२ एक्यूआई छ ।

२ सयभन्दा धेरैलाई हानिकारक र ३ सयभन्दा धेरैलाई उच्च हानिकारकको रुपमा लिने गरिन्छ ।

शनिबार र आज आइतबार पनि सार्जजनिक बिदाले गाडीको चाप घटेकाले प्रदूषण केही घटेको विभागको ठम्याई छ । तथापि प्रदूषणको घातक स्तर नघटेकाले यही अवस्था कायम रहे सोमबार थप कदम चाल्न सकिने विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।

सोमबार साँझदेखि प्रदूषण हट्न सक्छ

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझदेखि काठमाडौँ उपत्यकाको प्रदूषण हट्ने सम्भावना रहेको जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार  सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँने र उक्त प्रणाली सक्रिय भएमा प्रदूषण केही कम हुन सक्नेछ ।

प्रदूषण कायमै रहँदा काठमाडौंमा आज बिहान भिजिविलिटी (पारदर्शिता) १ हजार ५०० मिटर मात्र छ । दिउँसो यो अझै तल झर्न सक्ने कँडेलले बताइन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ०५ बजे

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत

आजका समाचार : उपनिर्वाचनको मत गणनादेखि लगानी सम्मेलनसम्म

उपनिर्वाचनको मतगणना  जारी इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका

लगानी सम्मेलनको पहिलो दिन : सोल्टीमा भीड देख्दा प्रधानमन्त्री मख्ख, तनावमा पाहुना र कर्मचारी

काठमाडौं – सरकार र निजी क्षेत्रद्वारा आयोजित लगानी सम्मेलनको पहिलो

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,