सुरक्षित रुपमा कसरी खेल्ने होली ? « Khabarhub

सुरक्षित रुपमा कसरी खेल्ने होली ?


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजबाट होली पर्वको रौनक सुरु भएको छ । चैत १५ गते पहाडी जिल्लामा र चैत १६ गते तराईका जिम्मा होली मनाइदैछ । होलीमा बिभिन्न रंगहरुसंग एकआपसमा प्रेम र सद्भाव समेत साटासाट गरिन्छ । तर होलीमा खेलिने रंगबारे भने केही सचेत हुन आवश्यक छ ।

होलीमा खेलिने अबिर बनाउन रसायनको उपयोग गरिन्छ । अबिरमा एसबेस्टस र अभ्रख समेत मिसाइएको हुन्छ । त्यसैले यो अन्य रंग जस्तै हानिकारक हुन्छ । यदि लापरबाही रुपमा अबिर खेलाएमा यसले दम वा छाला र आँखामा समेत जलन र संक्रमण हुन सक्छ । डण्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ ।

होलीमा रासायनिक रंगको उपयोग खतरनाक रहेकाले सकेसम्म प्राकृतिक र हर्बल रंगको प्रयोग गर्नु पर्दछ । र प्राकृतिक रंग नपाइएमा वा रसायनयुक्त रंग नै प्रयोग गर्नुपर्ने बाध्यता रहेमा सावधानीका उपायहरू अपनाउनु पर्दछ ।

होलीमा अपनाउनु पर्ने सावधानीहरु :
१. होली खेल्नुअघि शरीरको लगभग सबै भाग छोपिने गरी लुगा लगाए मात्र रंग र अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ । साथै टाउकोमा टोपी लगाउँदा रंगको नकारात्मक असर बाट बच्न मद्दत मिल्दछ ।

२. होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनु राम्रो विकल्प हो । यसो गर्दा रंग छालाभित्र जान पाउँदैन । कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा समेत रंगको हानीबाट बच्न सकिन्छ ।

३. होली खेलिसकेपछि छालामा हुने जलन हटाउन मोइस्चराइजर उपयोग गर्नु पर्दछ । होली खेलेपछि शरीर मज्जाले पखालेर मोइस्चराइजर लगाउँदा छालाको सुक्खापन हट्दछ ।

४. होली खेलेपछि रंग पखाल्ने नाममा छालालाई बारम्बार साबुन लगाएर रगड्नु हुन्न । यसले छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ । त्यस्तै, नुहाउनुअघि शरीरमा भएको रंग पुछ्नु पर्दछ ।

रंग आखाँमा परे
यदि होली खेल्दा आँखामा रंग परेमा आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ । यसले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्‍याउँछ । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुनसक्छ ।

यस्तोमा तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म आखाँ धोइरहनुपर्छ । तर, आँखा धुँदा जोडले पानी छयाप्नु भने हुदैँन । अन्यथा समस्या झन् बढ्न सक्छ । तर दृष्टि धमिलो भए, आँखा दुखे वा रातो भए तुरुन्त नेत्र विशेषज्ञकहाँ जानुपर्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ५९ बजे

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि