यस्तो छ होली मनाउनुको पौराणिक कथा « Khabarhub

यस्तो छ होली मनाउनुको पौराणिक कथा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रंगहरुको पर्व होली पहाडी जिल्लामा चैत १५ र तराईका जिल्लामा चैत १६ गते मनाइदै छ । हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्ये होली एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूणिर्माको दिन समाप्त हुन्छ ।

पौराणिक कथा तथा धर्मग्रन्थ अनुसार हिरन्यकश्यपु नामक राजा कुनै देवता मान्दैन थिए । उनि आफै शक्तिशाली भएकाले आफूलाई मात्र मान्न सबैलाई अह्राउथे । तर उनका बालक छोरा प्रल्हाद भने विष्णुभक्त थिए । यस कुराबाट हिरण्यकश्यपु कोध्रित भए र आफ्नो बालक छोरो मार्ने षडयन्त्र गरे ।

राक्षसराज हिरण्यकश्यपुले प्रल्हादलाई मार्ने अनेक उपाय गरे । उनि कहिले हात्तीद्वारा प्रल्हादलाई कुल्चाउथे त कहिले इनारमा फाल्थे । तर विष्णुभक्त प्रल्हादलाई केहि हुदैन थियो । तर हिरण्यकश्यपुले उनका मार्ने उपाय लाउन छाडेनन् । प्रल्हाद मार्न हिरण्यकश्यपुले सैनिकलाई तरवारले काट्ने हुकुम दिने देखि ठूला नदीमा फाल्ने, भिरबाट झार्ने, विष मिसाएर खाना ख्वाउनेसम्मको काम गरे । तर पनि आफ्नो पुत्रको वध गर्न सकेनन् ।

सोहि समयमा हिरण्यकश्यपुकी बहिनी होलीको तपस्यापछि व्रहमाबाट, अग्नीले उनलाई कहिल्यै नडढाउने वर पाएर फर्केकि थिइन् । यसको प्रतिकमा उनले एउटा पछ्यौरी पाइन् । जसलाई ओढेपछि होलिका आगोभित्र जति समय बसेपनि उनलाई शितलता प्राप्त हुने वर पाएकि थिइन् । त्यसैले हिरण्यकश्यपुले उनलाई विष्णुभक्त छोराको वध गर्न बहिनीको सहायता मागे । उनले पनि दाजूको प्रस्ताव स्विकार गरी फागु पूर्णीमाको दिन दाउराको अग्लो चाङमा बसि प्रल्हादलाई काखमा राखेर वसिन् । उनी बसेको दाउराको चाङमा आगो लगाइयो ।

आगो बढ्दै जादाँ प्रल्हादले भगवान विष्णुको नाम जपे । यो दृश्य समस्त देवताहरु पनि हेरिरहेका थिए । ब्रम्हाले समेत आफूले दिएको वरदानको आडमा होलिकाले प्रल्हादलाई मार्ने षडयन्त्र गरेको देखेपछि अर्नथ हुने ठानी देवताको आज्ञा अनुसार ठूलो वायु चल्यो र होलिकाको शरिरवाट पछ्यौरी उड्यो र होलिकाको दहन भयो । तर प्रल्हादलाई केहि भएन । त्यहि समयबाट होलिका दहन गर्दै फागु पुर्णिमाको दिन होली पर्व मनाउन थालिएको कथा धार्मीक छ । होलिका अर्थात अन्यायको हार र प्रल्हाद अर्थात सत्य विजय भएको प्रतिकका रुपमा होली मनाइएको धार्मीक कथाहरु छन् । यस अलावा होलीका बारेमा अरु कथा समेत छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : ५० बजे

शनिबारदेखि कीर्तिपुरमा विश्वकप लिग-२

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।