सार्वजनिक जग्गा संरक्षणमा जुटे युवा « Khabarhub

सार्वजनिक जग्गा संरक्षणमा जुटे युवा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खेतीयोग्य जमीनमा धमाधम प्लटिङ गर्ने र सार्वजनिक जग्गालाई पनि त्यहीँभित्र पारेर मास्न थालेपछि गोकर्णेश्वर नगरपालिका –२ का युवा संरक्षणमा जुटेका छन् ।

नगरपालिकाको समेत सहयोग लिएर युवाले सार्वजनिक जग्गालाई तारबारले घेर्न थालेका हुन् । युवाले देउवाली चौर संरक्षण समिति गठन गरेर नगरपालिकाको २ नं वडा नयाँपाटीस्थित ढुङ्गेचौरको एक रोपनी छ आना जग्गा संरक्षण गरेका हुन् ।

नक्शामा नयाँपाटी–४ (क) कित्ता नं ६० मा एक रोपनी नौ आना जग्गा भए पनि वरिपरिबाट मिचेको पाइएको समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । सार्वजनिक जग्गा संरक्षण गर्दा सडकका लागि नौ फिट जग्गा छाडिएको समितिले जनाएको छ । तारबार लगाएर सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले रु दुई लाख ५५ हजार ३०८ सहयोग गरेको छ ।

खेतीयोग्य जमीन भएको राजधानीका काठ क्षेत्रमा त्यसलाई मासेर फाँटको बीचमा प्लटिङ गरिए पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वडा अध्यक्ष कृष्णबहादुर पण्डित प्लटिङको स्वीकृति नगरपालिकाले दिने गरेको बताउँछन् ।

नगरपालिकाले कित्ताकाट गर्न स्वीकृति नदिई एकमुष्ट जग्गाको अनुमति दिने गरे पनि व्यवसायीले मालपोत र नापीमा कसरी मिलाएर कित्ताकाट गरेका छन् भन्ने थाहा नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको