घर फर्किँदै गरेका भारतीय नागरिकको मेची पुलमा मृत्यु « Khabarhub

घर फर्किँदै गरेका भारतीय नागरिकको मेची पुलमा मृत्यु


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाल भारतको सीमा नाका पर्ने भद्रपुरस्थित मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्य कटिहार जिल्ला बाषोई निवासी ६८ वर्षीय फजुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा हकको शनिबार साँझ मेची पुलमा मृत्यु भएको हो ।

बुबा दमको बिरामीसँगै रक्तचापका दीर्घ रोगी भएको र सोही रोगका कारण हिँडदाहिँडदै उनको लडेर मृत्यु भएको उनका छोरा अकबर अलिले बताए । मृतक हकसँगै उनका छोरा अलि शुक्रबार आँखाको उपचार गराउन नेपाल आएका थिए । मृतकको साथबाट प्रहरी भारतीय आधार कार्ड र मेची आँखा अस्पतालको पुर्जा भेटिएको थियो ।

मृतक हक भारतीय नागरिक भएको प्रमाण भारतीय एसएसबीलाई देखाउँदा पनि उनको शवलाई भारत लैजान एसएसबीले अनुमति दिन मानेनन् । एसएसबीले मृत्यु भएको व्यक्तिको नाममा नेपालबाटै आधिकारिक पत्र बनाएर ल्याउनु पर्छ भन्दै शवलाई सीमा नाकामै रोकेर राखेका थिए ।

त्यसपछि उनका छोराले भद्रपुर नगरपालिका कार्यालयलाई शव लैजान भनी निवेदन दिएको र सोही निवेदनको आधारमा नगरपालिकाले सिफारिस पत्र बनाई दिएपछि मात्र एसएसबीले आइतबार बिहान शव लैजान भनी अनुमित दिएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  २ : ४५ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा