मेयर रनिङ कपको उपाधी मिक्वाखोला गाउँपालिकालाई « Khabarhub

मेयर रनिङ कपको उपाधी मिक्वाखोला गाउँपालिकालाई


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा सम्पन्न दोस्रो मेयर रनिङ कपको उपाधी मिक्वाखोला गाउँपालिकाले जितेको छ । फाइनखेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधी हात पारेको हो ।

मिक्वाखोलाले २५–१८, १३–२५, २५–२२ र २५–२१ को सेटमा स्तब्ध बनायो । सिदिंवा र सिरिजंघा भने तृतिय भए ।

बिजेताले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ प्राप्त गरेको छ । तृतिय बनेका दुबै टिमलाई नगद ३३ हजारले पुरस्कृत गरियो ।

विधागत तर्फ उत्कृष्ट डिफेन्डरमा दावा नुपू शेर्पा, उत्कृष्ट स्पाईकर मूकेश भटराई, उत्कृष्ट ब्लकरमा प्रविण न्यौपाने, उत्कृष्ट सर्भरमा प्रताप सुब्बा लिम्बू, उत्कृष्ट सेटरमा कैलाश बस्नेत, उत्कृष्ट अलराउण्डरमा आशिस मगर र उदयमान खेलाडीका रुपमा नविन तामाङलाई सम्मान गरिएको छ ।

विजेता र उपविजेतालाई आईतबार नै पूरस्कार वितरण तथा सम्मान गरिएको थियो । चैत्र १३ गतेबाट भिमकाली गुल्मको भलिबल कोर्टमा सञ्चालित प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ६ : ५० बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको