अफगानिस्तानमा सैन्य‍ कारबाहीमा ६ लडाकू मारिए « Khabarhub

अफगानिस्तानमा सैन्य‍ कारबाहीमा ६ लडाकू मारिए


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलालाबाद– अफगानिस्तानमा बम बनाउने कार्यमा संलग्न छ जना विद्रोही सेनाको कारबाहीमा मारिएका छन् ।

सैनिक अधिकारीहरुका अनुसार पूर्वी नान्घरहर राज्यमा शनिबार राति गरिएको कारबाहीमा एक लडाकू मारिएका थिए । उनी इस्लामिक स्टेट समूहका लडाकू पनि रहेका थिए ।

अफगानिस्तानमा सक्रिय विद्रोहीहरुले घरेलु बारुदी सुरुङ (आइइडी) निर्माण गरी सुरक्षा फौजलाई लक्षित गर्ने गरेका छन् । यी हतियारको जथाभावी प्रयोगले सर्वसाधारणको पनि ज्यान जाने गरेको छ ।

यस्तै, दक्षिण हेल्मन्ड प्रान्तमा तालिबान समूहमा आबद्ध पाँच जना लडाकू मारिएका छन् । नवा जिल्लामा तालिबान समूहलाई लक्षित गरी भएको आक्रमणमा ठूलो परिमाणमा हातहतियार र सवारी साधन सेनाले ध्वस्त बनाएको छ ।

तर उक्त सैन्य कारबाहीका बारेमा दुबै लडाकू समूहले कुनै प्रतिक्रिया जनाएका छैनन् । –सिन्ह्वा

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : ४४ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल