अफगानिस्तानमा सैन्य‍ कारबाहीमा ६ लडाकू मारिए | Khabarhub Khabarhub

अफगानिस्तानमा सैन्य‍ कारबाहीमा ६ लडाकू मारिए


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलालाबाद– अफगानिस्तानमा बम बनाउने कार्यमा संलग्न छ जना विद्रोही सेनाको कारबाहीमा मारिएका छन् ।

सैनिक अधिकारीहरुका अनुसार पूर्वी नान्घरहर राज्यमा शनिबार राति गरिएको कारबाहीमा एक लडाकू मारिएका थिए । उनी इस्लामिक स्टेट समूहका लडाकू पनि रहेका थिए ।

अफगानिस्तानमा सक्रिय विद्रोहीहरुले घरेलु बारुदी सुरुङ (आइइडी) निर्माण गरी सुरक्षा फौजलाई लक्षित गर्ने गरेका छन् । यी हतियारको जथाभावी प्रयोगले सर्वसाधारणको पनि ज्यान जाने गरेको छ ।

यस्तै, दक्षिण हेल्मन्ड प्रान्तमा तालिबान समूहमा आबद्ध पाँच जना लडाकू मारिएका छन् । नवा जिल्लामा तालिबान समूहलाई लक्षित गरी भएको आक्रमणमा ठूलो परिमाणमा हातहतियार र सवारी साधन सेनाले ध्वस्त बनाएको छ ।

तर उक्त सैन्य कारबाहीका बारेमा दुबै लडाकू समूहले कुनै प्रतिक्रिया जनाएका छैनन् । –सिन्ह्वा

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : ४४ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास