‘महामूर्ख’को उपाधि ‘मह’ जोडीलाई « Khabarhub

‘महामूर्ख’को उपाधि ‘मह’ जोडीलाई


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रत्येक वर्ष तराई होलीको पूर्व सन्ध्यामा दिइने ‘महामूर्ख’को उपाधि यस वर्ष ‘मह’ जोडिले पाएका छन् ।

मिथिला नाट्य कला परिषद् (मिनाप)द्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको हो ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरे ।

यस्तै, मन्त्री सोनलले ‘पटमूर्ख’को उपाधि पाएका छन् । मिनापले विभिन्न १५ विधामा उपाधि प्रदान गरेको छ । जसअन्तरगत ‘मुर्ख शेरोमनी’को उपाधी मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।

यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले ‘बज्रकिट’, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुर्दशन सिंह ‘बैशाखानन्द’, जसपाका नेता राजिव झा ‘वंश कुरहारी’, सञ्चार उद्यमी शंकर साह ‘मुसरीलाल’ र सितल साह ‘ढोरवा’को उपाधि पाएका छन् ।

महिला नेत्री विन्दु ठाकुरले ‘खुब सुरती’को उपाधि पाएकी छिन् भने मिथिला चित्रकार एस सी सुमनले ‘घरघुस’को उपाधि पाए ।

पर्यावरण अभियन्ता सुरेश शार्मा ‘हाराशेख’, सुजित झा ‘सिलौटानन्द’, सञ्चारकर्मी अशोक दत्त ‘बोतलानन्द’, मोडल क्यामप्सका सञ्चालक विरेन्द्र साह ‘लोढाशंकर’, विरेन्द्र कर्ण ‘बज्रकीट’ र मैथली विकास कोषको अध्यक्ष जिवनाथ चौधरी ‘पटमूर्ख’को उपाधिद्वारा सम्मानित भए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : ४७ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर