म्यानमारमा सैन्य दमनको विश्वसमुदायद्वारा दुःख व्यक्त « Khabarhub

म्यानमारमा सैन्य दमनको विश्वसमुदायद्वारा दुःख व्यक्त


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् ।

यसै शिलशिलामा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

उक्त घटनाप्रति राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेस, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले लगायत विश्वसमुदायले दुःख व्यक्त गरेको छ ।

घटनापछि अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले म्यानमारमा भएको घटनाले वाशिङ्टन ‘मर्माहत’ भएको बताएका छन् ।

उनले भने,“शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवनमाथि कसरी धावा बोल्छन् भन्ने प्रष्ट भएको छ । साहसी मानिसहरूले सैनिकहरूले आतङ्कित पारेर शासन गर्ने सोचको अस्वीकार गर्दै भएको प्रदर्शनमा नागरिकहरू मारिनु दुखद् हो ।”

म्यानमारस्थित अमेरिकी दूतावासले यसअघि नैसुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो ।

शनिबार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य ‘कू’ पछिको सबभन्दा बढी मानिस मारिएको वा घाइते भएको दिन भनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । शनिबार एक सयभन्दा बढी मानिस मारिएको बताइएको छ ।

अमेरिकी दूतावासले त्यसअघि सुरक्षा फौजले ’निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो ।

शनिबारको सैनिक दमनपछि पनि राजधानी याङ्गुनका सडकमा टायर बाल्दै प्रदर्शनकारी सशक्त रूपमा सेनाको ‘अप्रजातान्त्रिक’ कदम र त्यसपछिका निरन्तर अभ्यासहरूको प्रतिकार गरिरहेका छन् ।

सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको बताइएको छ ।

राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले ९१ जना मारिएको जनाएको छ । यद्यपि स्थानीय सञ्चारमाध्यमले उक्त सङ्ख्याभन्दा धेरै व्यक्ति हताहत भएको जनाएका छन् ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

आङ सान सु चीको दल ‘नेशनल लिग फर डेमोक्रेशी’ले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको र सेनाको उक्त कदम अप्रजातान्त्रिक भएको प्रदर्शनकारीहरूले बताउँदै देशमा प्रजातन्त्रलाई पुनः स्थापित गर्नु नै आफूहरूको निर्दिष्ट लक्ष्य भएको बताइएको छ ।

सेनाको भनाइ र गराइमा विरोधाभास

गत हप्ता सम्पन्न म्यानमारको सैन्य दिवसमा टेलिभिजनमा सम्बोधन गर्दै सैन्य कूपछि सरकारको नेतृत्व सम्हालेका नेता मिन आङ लाइङले सेनाले ‘प्रजातन्त्रलाई बचाउनका लागि पूरा देशसँग हात मिलाएको’ बताएका थिए ।

तर साताको अन्त्यमा देशभर प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग र गोली चलाउनुले उनको भनाइ र कामबीच तादाम्यता नदेखिएको ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ ले बताएको छ ।

यसैबेला पूर्वी म्यान्मारको एउटा जातीय समूहले उसको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य जेटहरूले निसाना बनाएको बताएको छ । कारेन नेशनल युनियनले थाई सीमा नजिकै एउटा सैन्य पोस्टमा आगो लगाएको खबर आएको केही घण्टाभित्रै उक्त सैन्य कारबाही भएको बताइएको छ ।

यसले कैयौँ वर्षको शान्तिपछि अब उक्त समूह र सेनाबीच तनाव बढ्ने आशङ्का गरिएको छ । (रासस/एपी)

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ४४ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा