हनुमानको पूजाले पनि प्रसन्न हुन्छन् शनिदेव | Khabarhub Khabarhub

हनुमानको पूजाले पनि प्रसन्न हुन्छन् शनिदेव


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्कन्द पुराणका अनुसार, मंगलवार हनुमानको जन्म भएको थियो । यही कारणले मंगलबार उनको पूजामा समर्पित छ । यस दिन विधिविधानका साथ हनुमानको पूजा गरे उनि चाँडै प्रसन्न हुने र श्रद्धालुको सबै मनोकामना पुरा गर्ने धार्मीक मान्यता रहेको छ ।

मंगलवार हनुमानको पूजा गर्दा केवल हनुमान मात्र होइन, शनिदेव पनि प्रसन्न हुने धार्मीक मान्यता छ । अर्थात् मंगलवार हनुमानको पूजा गर्दा शनिको प्रकोपबाट समेत बच्न सकिन्छ । हनुमानको आराधना गर्दा शनिदेवको समेत कृपा पाइने धार्मीक मान्यता छ ।

हरेक मंगलवार हनुमान पूजा गरी हनुमान चालीसा पाठ गर्दा शनिदेव समेत प्रसन्न हुन्छन् । साथै जीवनमा आर्थिक सम्पन्नता समेत बनिरहन्छ । हनुमानलाई बल, बुद्धि र निर्भयताको प्रतिक मानिन्छ । शास्त्र अनुसार कुनै संकट वा समस्यामा हनुमानलाई सम्झना गरे ति हरेक विपद् नष्ट भएर जान्छ । त्यसैले हनुमानलाई संकटमोचन समेत भनिन्छ ।

किन हनुमानको पूजा गर्दा शान्त रहन्छन् शनिदेव ?
हनुमान भगवान शिवको अवतार मानिन्छ । पौराणिक कथा अनुसार जब हनुमान माता सीतालाई खोज्न लंका पुगेका थिए, उनको नजर शनिदेवमा परेको थियो ।

हनुमानले शनिदेवलाई लंकामा रहनुको कारण सोधेका थिए । जवाफमा शनिदेवले, रावणले आफ्नो योग बलद्वारा उनलाई कैद गरेको बताए ।

शनिदेवको कुरा सुनेर हनुमानले उनलाई रावणको कैदबाट मुक्त गरे । जसबाट प्रसन्न भई शनिदेवले हनुमानलाई वरदान माग्न भने जसमा हनुमानले कलियुगमा आफ्ना श्रद्धालुलाई कहिल्यै अशुभ फल नदिन भनि वरदान मागे । यहि कारणले हनुमानको पूजा गरे शनिदेवको पनि कृपा प्राप्त हुने मान्यता छ ।

कसरी गर्ने मंगलबार हनुमानको पूजा ?
मंगलवार बिहान सूर्योदयभन्दा पहिले उठेर नुहाएर रातो बस्त्र पहिरनसहित हातमा शुद्ध पानी लिएर हनुमानको प्रतिमा सामु व्रतको संकल्प गर्नु पर्दछ । त्यसपश्चात हनुमानको प्रतिमा सामु घीउको दियो बाली फूलको माला अर्पित गर्नु पर्दछ ।

साथै मंगलवार व्रतकथा पाठ गरी हनुमान चालीसा र सुन्दरकाण्ड पाठ गर्नु पर्दछ । अन्त्यमा आरती गरी प्रसाद चढाउनु पर्दछ । यस दिन केवल एक पटक मात्र भोजन गर्नु पर्दछ । र साँझमा शुद्धताका साथ हनुमानको सोहि प्रकारले पूजा गर्नु पर्दछ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ४२ बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति