गण्डकी प्रदेशका तीन सांसदमा कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशका तीन सांसदमा कोरोना संक्रमण



पोखरा– गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको छ ।

सबै सांसदलाई कोभिड–१९ रिपोर्ट पठाइसकिएको छ । प्रदेश सभाका केही सांसदलाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोद बिन्दु शर्माले बताए । संक्रमित हुनेमा गण्डकीमा एमालेका प्रदेश सांसद राजीव पहारी र प्रभा कोइराला तथा नेपाली कांग्रेसकी मनकुमारी गुरुङ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा सत्तारुढ दल एमाले सांसदहरुले पीसीआर परीक्षण नगरी संसद चल्न नदिने भन्दै संसद बैठक अवरोध गरेका थिए ।

विशेष अधिवेशनको पहिलो दिन सोमबार एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षण माग गर्दै आपत्ति जनाएका थिए । मंगलबार एमाले सांसद राजीव पहारीले बोलेपछि एमाले सांसदहरु बाहिरिएका थिए ।

एमाले सांसदको विरोधपछि मंगलबार नै सबै सांसदको स्वाब संकलन गरिएको थियो । एमाले सांसदको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेट बैठक स्थगित गरेका थिए । बैठक स्थगितपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सबै सांसदको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।

सोही बैठकमा सांसदलाई कोरोना पोजेटिभ देख्रिएमा बोल्न नपाउने तर मतदान गर्ने ब्यवस्था मिलाउने सहमति जुटेको थियो ।

पहिलो दिनको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । अविश्वासको प्रस्तावमाथि छलफल भएको बैठक आज दिउँसो १ बजे पुनः बस्दैछ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ४८ बजे

आगामी महिना भारत आउँदैछन् मेस्सी, यी चार सहरमा हुनेछ विशेष कार्यक्रम

काठमाडौं- विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी आगामी डिसेम्बर मा

विराटनगरबाट सवारी चालक अनुमति पत्र सेवा सञ्चालन

मोरङ– यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारी चालक अनुमति पत्र

कप्तान मल्ल पनि सस्तैमा आउट भएपछि दबाबमा रहेको चितवन, बोपाराको भरमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो

बेतबाँसका सामग्री बेचेर मासिक ७० हजार आम्दानी गर्दै बाधुराम

कैलाली– धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका बाधुराम चौधरीले व्यावसायिक रूपमा बेतबाँसका सामग्री

देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै

काठमाडौं- नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश