चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्यो « Khabarhub

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्यो


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवनमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ ।

जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ पुगेको छ । एकै दिन मङ्गलबार  १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

भरतपुर अस्पताल कोभिड– १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा १६५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो जसमध्ये १२१ जना चितवनका मात्रै हुन् ।

थपिएका सङ्क्रमितमध्ये ९२ जना भरतपुरका छन् । भरतपुर अस्पतालको प्रयोगशालामा १० महिनादेखि ५६ वर्ष उमेर समूहका १६ पुरुष र ७ देखि ७६ वर्ष उमेर समूहका २६ महिला गरी ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

उता चितवन मेडिकल कलेजको प्रयोगशालामा भरतपुरका ५० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पूर्वी चितवनको रत्ननगरका २० जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा तीन तथा चितवन मेडिकल कलेजमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

खैरहनीका सात तथा राप्ती, कालिका र इच्छाकामना गाउँपालिकाका समान एक–एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ०५ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल