कोरोना कहरले अन्योलमा विद्यालय तहको परीक्षा « Khabarhub

कोरोना कहरले अन्योलमा विद्यालय तहको परीक्षा


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार बसेको मन्त्रिपरिषद बैठकले देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै विद्यालय तहको परीक्षा कसरी सञ्चालन गर्ने भन्ने अन्योलता बढेको छ ।

मुलुकभर कोरोना भाइरसको महामारी भयावह बन्दै गएपछि स्थगित भएको परीक्षा अब कसरी र कहिले हुने भन्ने चिन्ताले विद्यार्थीलाई पिरोल्न थालेको छ ।

कोरोना भाइरसको महामारी यही स्थितिमा रहे विद्यालय तहका सबै परीक्षा गत वर्षको एसईई जस्तै आन्तरिक मूल्यांकनकै आधारमा हुन्छ कि भन्ने आशंका पनि बढेको छ ।

यो वर्ष नयाँ शैक्षिक सत्र पनि अघिल्लो वर्षको जस्तै अन्यौलमय हुने हो कि भन्ने चिन्ता बढ्न थालेको विश्वनिकेत माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले बताए ।

उनले भने, ‘पछिल्लो केही समयदेखि विद्यार्थी र शिक्षकमा नै धेरै कोरोना संक्रमण देखिन थालेकाले अवस्था झन चिन्ता जनक बन्दै गएको छ ।’

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले विद्यालय र पूर्वनिर्धारित सबै परीक्षा तत्काललाई स्थगित गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसलाई सोमबारको बसेको मन्त्रिपरिषद्ले पारित गर्दै मुलुकभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै देशभरका विद्यालय बन्द भएका छन् । भने अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई वार्षिक परीक्षा तत्कालको लागि बन्द गर्न निर्देशन समेत दिइसकेको छन् ।

मंगलबार मात्रै काठमाडौँको गोर्कणेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाले पूर्वनिर्धारित परीक्षा स्थगित गरेका छन् । त्यस्तै धरान उपमहानगरपालिका, सल्यानको कपूरकोट गाउँपालिका लगायत धेरै स्थानीय तहले विद्यालय बन्द गर्न र तत्काल वार्षिक परीक्षा सञ्चालन नगर्न निर्देशन दिएका छन् ।

अन्योलमा विद्यालय

सरकारले विद्यालय बन्द गर्ने तथा परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विद्यालय र विद्यार्थी दुवै अन्योलमा परेका छन् ।

अधिकांश सामुदायिक विद्यालयले यही साताभित्र वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि सरकारको निर्णयसँगै परीक्षा स्थगन गरेका छन् ।

सरकारको यो निर्णयपछि काठमाडौँको कालीमाटीस्थित ज्ञानोदय माध्यमिक विद्यालयले परीक्षा सञ्चालन गर्दा गदै स्थगित भएको छ । वैशाख १२ गतेदेखि विद्यालय तहको परीक्षा सञ्चालन गरेको विद्यालयले अंग्रजी विषको मात्र परीक्षा सञ्चालन गरेर स्थगित भएको जनाएको छ ।

परीक्षा जारी रहेकै बेला स्थगित गर्नुपरेकाले अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता देखिएको सोही विद्यालयका प्रधानाध्यापक नातिकाजी मर्हजनले बताए ।

उनले भने, ‘वैशाख २६ गतेदेखि परीक्षा सञ्चालन गर्ने भनेर परीक्षा तालिका सार्वजनिक गरेका थियौँ, २६ गते परीक्षा सञ्चालन गर्ने सम्भावन नदेखिपछि वैशाख १२ गतेलाई सारेका थियौँ, त्यो पनि सम्भव भएन ।’

विद्यालयले नर्सरीदेखि ९ कक्षासम्मको अंग्रेजी विषयको मात्र परीक्षा लिएको उनले बताए ।

उनले भने, ‘अघिल्लो वर्ष लकडाउन हुनुभन्दा अगाडि नै विद्यालयस्तरबाट हुने सबै परीक्षा भैसकेकाले परीक्षाफल प्रकाशन गरेर नयाँ विद्यार्थी भर्ना गर्न सहज भएको थियो । अहिलेको कोरोना संक्रमणको स्थिति हेर्दा अब परीक्षा भएर नयाँ शैक्षिक सत्र कहिले शुरू हुन्छ भन्ने एकीन गर्न सकिने अवस्था देखिदैन ।’

त्यस्तै काठमाडौँको नक्सालस्थित नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्लेले विद्यालय बन्द गर्दा विद्यार्थीमा अन्यौलता देखिएको बताइन् ।

उनले भनिन्, ‘वैशाख १५ गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेका थियौँ, सम्भव भएन ।’

विद्यालय बन्द हुँदा अभिभावक र विद्यार्थीहरु चिन्तित बनेको उनले बताइन् ।

परीक्षाको प्रश्नपत्र बनाउनेसहितका सबै तयारी गरेपनि विद्यालय बन्द गर्ने सरकारको निर्णयले परीक्षा स्थगन गर्नुपरेको उनले बताइन ।

शिक्षकमा अनलाइन कक्षा प्रभावकारी बनाउन कठिनाइ भएको उनको भनाइ छ ।

अनलाइन कक्षा सञ्चालन गर्दा प्राविधिक कठिनाइले कहिले विद्यार्थी सहभागी नहुने र सहभागी भएका विद्यार्थीहरु पनि इन्टरनेट नचल्दा बिचमै छाड्नुपर्ने जस्ता समस्या देखिएको उनले बताइन् ।

विश्वविद्यालय तहका परीक्षा पनि अन्योल

सरकारको निर्णयले विद्यालय तह मात्र नभएर विश्वविद्यालय तहका परीक्षा पनि रोकिएका छन् ।

त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरुले परीक्षा स्थगित गरेपछि विद्यार्थी प्रभावित भएका छन् ।

पोखरा विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले सोमबार नै विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मलाई परीक्षा स्थगित भएको जानकारी गराइसकेको छ । कति समयलाई परीक्षा स्थगित भएको हो भन्ने कुरा स्पष्ट नहुँदा विद्यार्थीमा थप अन्योलता बढेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ५० बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा