सबै स्थानीय तहमा स्काउट समिति गठन (भिडियोसहित) « Khabarhub

सबै स्थानीय तहमा स्काउट समिति गठन (भिडियोसहित)


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको छ।

बुधबार काठमाडौंमा पुरानो जिल्लागत संगठनलाई देशको परिवर्तित संघीय संरचनाका आधारमा सवै स्थानीय निकायमा स्थानीय स्काउट समिति निर्माण गरिएको घोषणा गरिएको हो ।

देशका सातै प्रदेशमा सक्षम युवाहरुको नेतृत्वमा स्काउट समितिहरु गठन भइ प्रदेश कार्यालयहरु सञ्चालनमा आएको स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए ।

हेरौँ भिडियो

उनले अब हरेक बालबालिका र युवाहरुमा स्काउट शिक्षाको पहुँच पुग्ने उनले बताए । स्काउट ऐन बमोजिम स्काउटको संरक्षकमा प्रधानमन्त्री, खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था छ भने प्रदेशमा मुख्यमन्त्री संरक्षक र सामाजिक बिकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था गरिएको छ ।

त्यस्तै पालिकामा पालिका प्रमुख संरक्षक र पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ । कार्यक्रममा केन्द्रीय स्काउटका अध्यक्ष भण्डारीले ७ सय ५३ वटै स्थानीय तह मार्फत सवै बिद्यालयमा स्काउट अनिवार्य गरिने जानकारी दिए । अहिले ७५ हजार स्काउट सदस्य रहेको उनले जानकारी दिए ।

नेपाल स्काउटले इतिहासमा अहिलेसम्मकै सवैभन्दा धेरै यस आर्थिक वर्षमा ५० हजार बढी स्काउट स्वयंसेवहरु परिचालन भएको जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : २२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण