सबै स्थानीय तहमा स्काउट समिति गठन (भिडियोसहित) | Khabarhub Khabarhub

सबै स्थानीय तहमा स्काउट समिति गठन (भिडियोसहित)


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको छ।

बुधबार काठमाडौंमा पुरानो जिल्लागत संगठनलाई देशको परिवर्तित संघीय संरचनाका आधारमा सवै स्थानीय निकायमा स्थानीय स्काउट समिति निर्माण गरिएको घोषणा गरिएको हो ।

देशका सातै प्रदेशमा सक्षम युवाहरुको नेतृत्वमा स्काउट समितिहरु गठन भइ प्रदेश कार्यालयहरु सञ्चालनमा आएको स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए ।

हेरौँ भिडियो

उनले अब हरेक बालबालिका र युवाहरुमा स्काउट शिक्षाको पहुँच पुग्ने उनले बताए । स्काउट ऐन बमोजिम स्काउटको संरक्षकमा प्रधानमन्त्री, खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था छ भने प्रदेशमा मुख्यमन्त्री संरक्षक र सामाजिक बिकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था गरिएको छ ।

त्यस्तै पालिकामा पालिका प्रमुख संरक्षक र पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ । कार्यक्रममा केन्द्रीय स्काउटका अध्यक्ष भण्डारीले ७ सय ५३ वटै स्थानीय तह मार्फत सवै बिद्यालयमा स्काउट अनिवार्य गरिने जानकारी दिए । अहिले ७५ हजार स्काउट सदस्य रहेको उनले जानकारी दिए ।

नेपाल स्काउटले इतिहासमा अहिलेसम्मकै सवैभन्दा धेरै यस आर्थिक वर्षमा ५० हजार बढी स्काउट स्वयंसेवहरु परिचालन भएको जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : २२ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै