आन्तरिक संघर्ष जारी राख्ने एमाले नेपाल–खनाल समूहको निर्णय « Khabarhub

आन्तरिक संघर्ष जारी राख्ने एमाले नेपाल–खनाल समूहको निर्णय


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीभित्र आन्तरिक संघर्ष जारी राख्ने निर्णय गरेको छ ।

आज बसेको नेपाल–खनाल समूहको बैठकले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि स्वेच्छाचारी, पार्टीको विधानविपरित भएको निष्कर्ष निकालिएको नेता भीम रावलले जानकारी दिए ।

उनले भने,‘अहिले कोरोना महामारीलाई ध्यानमा राखेर हाम्रो अभियानलाई जारी राख्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।’

नेता रावलले कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारसँग आग्रह गर्ने निर्णय समेत आफ्नो समूहको स्थायी कमिटिको बैठकले गरेको जानकारी दिए ।

कोरोनाका कारण समानान्तर गतिविधि केही कम हुने भए पनि नरोकिने उनले बताए । उनले भने,‘कोरोनाका कारण कतिपय गतिविधि कम हुनसक्छन् । हामी अभयिानलाई बन्द गर्ने अवस्थामा पुगेका छैनौँ ।’

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना