पार्टीभित्रकै नेताहरुले अस्थिरता फैलाउने काम गरेको थापाको आरोप | Khabarhub Khabarhub

पार्टीभित्रकै नेताहरुले अस्थिरता फैलाउने काम गरेको थापाको आरोप


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले मुलुकमा अस्थीरता फैलाउने प्रयास भएको भन्दै यसलाई असफल पार्ने बताएका छन् ।

बुधबार नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा उनले आफ्नै पार्टीका नेताहरु सरकारलाई असफल देखाएर मुलुकमा अस्थीरता पैदा गर्ने प्रयासमा लागेको बताएका हुन् ।

उनले सरकारलाई काम गर्न नदिने तत्वहरु सक्रिय भएको पनि बताए ।

मुलुकमा भएको विकास निर्माणलाई जनताले हेरिरहेको भन्दै उहाले कसैले सरकारको नकारात्मक प्रचार गरेर केहि नहुने धारणा राखे । थापाले वर्तमान सरकारले पाँच बर्ष मुलुकको विकासमा काम गर्ने तर्क गरे ।

कार्यक्रममा एमाले काठमाडौं सम्पर्क मञ्चद्वारा प्रकाशित भित्तेपात्रो प्रकाशित गरिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : १७ बजे

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ