कोरोना खोप केन्द्रको भीड व्यवस्थित गर्न माग « Khabarhub

कोरोना खोप केन्द्रको भीड व्यवस्थित गर्न माग


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा खोप लगाउन दैनिक हजारौँ मानिस लाममा बस्न थालेका छन् ।

चावहिलभन्दा माथि नेपाल मेडिकल कलेजमा मात्र खोप लगाउने केन्द्र तोकिएपछि वरपरका अन्य स्थानीय तहका साथै सीमा जोडिएका सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय तहका मानिससमेत खोप लगाउन आउन थालेका छन् ।

बिहान १०ः०० बजेदेखि खोप लगाउन ५ः०० बजेदेखि नै मानिस लाममा बस्न आउन थालेका छन् । खोप लगाउन लाममा बसेपछि भीड हुन थालेपछि छाडेर हिँडेको गोकर्णेश्वर–७ का मङ्गलबहादुर तामाङले गुनासो गरे । अन्य स्वास्थ्य संस्थामा पनि खोप लगाउन तोकेर कम भीड गर्न सकिने भए पनि यसतर्फ सरोकार भएका निकायले ध्यान नदिएको उनको भनाइ छ ।

गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारबाट आएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयले नै केन्द्र तोकेर लगाएकाले स्थानीय सरकारलाई यस विषयमा समन्वय नगरिएको बताउनुहुन्छ । नगरपालिकालाई खोप दिए व्यवस्थित रुपमा लगाउने व्यवस्था मिलाउँ छौँ भनी माग गर्दा पनि पाउन नसकिएको शाखाले जनाएको छ ।

जनस्वास्थ्यबाट खोप केन्द्र संयोजकका रुपमा खटिएका डा निश्चल ढकालले शुरुका केही दिन मानिस नआए पनि विगत तीन दिनअघिदेखि हजारौँ मानिस लाममा बस्न थालेको बताए ।

कलेज खोप केन्द्रमा शुरुका केही दिन पाँचदेखि सात जनाले मात्र खोप लगाएका थिए । पछिल्लो तीन दिनदेखि भने दैनिक एक हजारदेखि एक हजार ५०० सम्मलाई खोप लगाउन थालिएको छ । कर्मचारी सङ्ख्या, भीड व्यवस्थापनलगायत कारणले त्यसभन्दा बढीलाई एकै दिन खोप लगाउन नसकिने उनको भनाइ छ ।

हजारौँ मानिस लाममा बसिरहेका बेला बीचबीचबाट दबाबका आधारमा मानिस छिराउने गरेकाले समस्या हुने गरेको पनि लाममा बस्नेको गुनासो छ ।

प्रहरी परिचालन गरेर खोप केन्द्रमा लाममा बस्नेलाई खोप लगाउने व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : २१ बजे

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम