कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित « Khabarhub

कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले कोरोना महामारीको समयमा बैठक बस्न औचित्य नभएको भन्दै बैठक स्थगित गर्न माग गरेको थियो ।

बैठकको सुरुमा एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले कोरोनाले जनताले दुःख पाइरहेको बेला सदन बस्न औचित्य नहुने भन्दै बैठक स्थगित गर्न माग गरे । त्यसपछि एमालेका सबै सदस्यहरुले बैठक स्थगित गर्न माग गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलको लगातारको अवरोध पछि सभामुख राजबहादुर शाहीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना