‘विप्लव’ समूहका सबै मुद्दा फिर्ता गर्न मिल्दैन : महान्यायाधिवक्ता बडाल « Khabarhub

‘विप्लव’ समूहका सबै मुद्दा फिर्ता गर्न मिल्दैन : महान्यायाधिवक्ता बडाल


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधीवक्ता रमेश बडालले संविधान र कानूनले मिल्ने मुद्दा मात्र फिर्ता हुने बताएका छन् ।

सरकारका कानुनी सल्लाहकार समेत रहेका बडालले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता गर्न नमिल्ने बताए ।

उनले भने, “नेकपा विप्लव समूह, सीके राउत र मधेश आन्दोलनसम्बन्धी १५ वटाभन्दा बढी मुद्दाहरु फिर्ता लिन मिल्ने भनी सरकारलाई राय दिएको र सोहीअनुसार आज सरकारले मधेश आन्दोलका विभिन्न मुद्दाहरु फिर्ता लिएको छ ।”

गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच तीनबुँदे सहमतिपछि विद्रोहमा रहेको ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको हो ।

महान्यायाधिवक्ता कार्यालयलाई मुद्दा फिर्ता लिनका लागि राय दिने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ४७ बजे

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन :

काठमाडौं– देशमा बाढीको भयावह अवस्था छ । सामाजिक सञ्जालमा हेर्दा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना