परिवेशको आँकलन गरी एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलको सुझाब | Khabarhub Khabarhub

परिवेशको आँकलन गरी एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलको सुझाब


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

कार्यदलले परिवेशको आंकलन गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएको उनले जानकारी दिए । कार्यदलले दिएको प्रतिवेदनलाई थप अध्ययन गरी बोर्डले परीक्षाको विषयमा निर्णय गर्ने उनले बताए ।

प्रतिवेदन हेर्दा अधिकांशको बुझाई परीक्षा भइदिए हुन्थ्यो भन्ने रहेको समेत उनले बताए । कार्यदलले बुझाएको प्रतिवेदनको जिस्ट भनेको परिवेशको आकलन गरेर परीक्षा सञ्चालन गर्नुपर्ने नै रहेको उनले बताए ।

परीवेशलाई बोर्डले कसरी आकलन गर्ने भन्ने विषयमा आजदेखिनै बोर्डमा छलफल चलिरहेको समेत उनले जानकारी दिए । परीक्षाको विषयमा जतिसक्दो चाँडो निर्णय गर्ने उनले बताए ।

कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएकाले बोर्डले गत वैशाख २७ गते कक्षा १२ र एसईई पूर्वनिर्धारित परीक्षालाई स्थगित गर्दै परीक्षाको मोडालिटी तयार गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रतिवेदन बुझाइसकेकाले परीक्षाको विषयमा चाँडै निर्णय गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

उनका अनुसार बोर्डले प्रतिवेदनको विषयमा अध्ययन सुरु गरेको छ । त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ५३ बजे

छाउगोठमा कञ्चनपुरकी युवतीको मृत्यु, दोषीलाई कारबाही गर्न समाजवादी महिला संघको माग

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा बस्दा सर्पले टोकेर

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच छुट सम्झौता

काठमाडौं– एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकलाई

‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ

काठमाडौं – ‘अञ्जिला’को व्यवसायिक सफतापछि निर्देशक मिलन चाम्सले निर्देशन गर्न

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)

काठमाडौं– पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा