लाङटाङमा स्वास्थ्यकर्मी परिचालन | Khabarhub Khabarhub

लाङटाङमा स्वास्थ्यकर्मी परिचालन


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–पर्यटकीय क्षेत्र लाङटाङका स्थानीय बासिन्दा एकपछि अर्काे बिरामी हुन थालेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइ लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या भएको भन्ने जानकारी प्राप्त भएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ । कोभिड हो वा मौसमी फ्लु हो भन्नेबारे यकिन गर्न एन्टिजेन प्रविधिका सामग्रीसमेत स्वास्थ्यकर्मीको साथ पठाइएको अध्यक्ष तामाङले बताए ।

करिब ५०० जनसंख्या भएको लाङटाङ क्षेत्रमा १५÷२० दिन अगाडिदेखि धेरैजसो यस्ता खाले स्वास्थ्य समस्या आएको बताउँदै स्थानीय छिमी रेन्जेन तामाङले भौगोलिक विकट स्थानमा भगवान्को भरोसा भन्दै बसिरहेको अवस्थामा स्थानीय सरकारमार्फत उपचारका लागि औषधिसहित स्वास्थ्यकर्मी पठाइएको खबरले गाउँवासीमा उत्साह भएको जनाए ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा अवस्थित लाङटाङ क्षेत्रमा बासिन्दालाई दैनिक उपभोग्य सामान भने खच्चरमार्फत स्याफ्रुबेँसीबाट ढुवानी गरिरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ११ : २४ बजे

दिगो आर्थिक रूपान्तरण आजको आवश्यकता हो : प्रवक्ता महत

गलकोट– पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो

इजरायली हमलामा परी दुई इरानी सञ्चारकर्मी मारिए

तेहरान- इरानी राज्य प्रसारक टेलिभिजन आईआरआईबीमा इजरायलले गरेको आक्रमणमा दुई

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौं आइपुगे नवराज बोहरा (तस्बिरहरू)

काठमाडौं– जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेको नवराज

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

बेनी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको

ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे

काठमाडौं– जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानुअघि अमेरिकी