काठमाडौँमा कोरोना संक्रमण दर घट्यो « Khabarhub

काठमाडौँमा कोरोना संक्रमण दर घट्यो


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरमा कोरोना संक्रमण दर क्रमश: घट्दो क्रममा गएको महानगरले जनाएको छ ।

अघिल्लो साता परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा संक्रमण पुष्टि भएकामा अहिले ५ प्रतिशत घटेर ६५ मा आएको महानगरले जनाएको छ।

विगत सातामा अत्यधिक कोरोना संक्रमित बढेपछि महानगरले गत शनिबादेखि स्वाब संकलनका लागि ५ वटा केन्द्र विस्तार गरी हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा छ ।

परीक्षणका क्रममा बढी समस्या भएका बिरामीलाई एम्बुलेन्समा अस्पतालसम्म लैजाउन र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि नागरिकले पैसा तिर्नुपर्दैन । महानगरले पोजेटिभ भएका बिरामी बोक्न एम्बुलेन्ससँग ३ साताअघि सम्झौता गरेअनुसार हाल ७ स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।

हालसम्म महानगरमा ५९ हजार ४४५ कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएका छन् । हाल ११ हजार ४३ सक्रिय संक्रमित छन् । सबैभन्दा बढी वडा नम्बर ३२ मा पाँच हजार ५४१, वडा नम्बर १६ मा ५ हजार ३५२ छन् भने सबैभन्दा कम वडा नम्बर १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमणकै कारण हालसम्म ४०५ जनाले ज्यान गुमाएका छन् ।

महानगरमा हाल रहेका संक्रमितमध्ये १० हजार ३६८ होम आइसोलेसनमा छन् भने १२८ जना संस्थागत आइसोलेसनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १ : २७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी