नेपालको आर्थिक वृद्धिदर चालु वर्षमा पनि लक्ष्यअनुसार नपुग्ने अनुमान | Khabarhub Khabarhub

नेपालको आर्थिक वृद्धिदर चालु वर्षमा पनि लक्ष्यअनुसार नपुग्ने अनुमान



काठमाडौँ– सरकारले चालू आर्थिक वर्षको वृद्धिदर भेटाउन मुस्किल पर्ने जनाएको छ । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो आर्थिक वर्षमा ऋणत्मक रहेको नेपालको आर्थिक वृद्धिदर कोरोना कारण यसपाली भेटाउन समेत मुस्किल पर्ने जनाएका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ मा पछिल्लो दुई दशकयताकै कम २ दशमलव १२ प्रतिशतले ऋणत्मक रहेको अबस्थामा अहिलेको लक्ष्य रहेको ४ दशमलव ०१ प्रतिशत समेत भेटाउन चुनौतीपूर्ण रहेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

स्वास्थ्य संकटको अबस्थामा सुधार हुने अपेक्षासहित आर्थिक वृद्धिदर ४ दशमलव ०१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको भएपनि वृद्धिदर भेट्टाउन मुस्किल बनेको हो ।

कोरोनाका कारण पीसीआर परीक्षण र निःशुल्क उपचार गरिएको उनले जानकारी दिए । धानको उत्पादन १ दशमलव ३ प्रतिशतले बढेको छ । राष्ट्रिय जिडिपी ४२ खर्ब ६६ अर्ब ३२ अर्ब रहेकोमा बाग्मती प्रदेशको बढि र कर्णालीप्रदेशको सबैभन्दा कम रहेको छ ।

चालू आर्थिक वर्षमा १८ दशमलव १ प्रतिशतले बढेर १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान सार्वजनिक गरेको हो । ५ दशमलव ८ प्रतिशले बढेर १ हजार १ सय ९१ अमेरीकी डलर पुगेको अनुमान मन्त्रालयले सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ३ दशमलव ५ प्रतिशतले मुल्यवृद्धि भएको जनाइएको छ । तर अघिल्लो वर्ष भने ६ दशमलव ५ प्रतिशत मूल्यवृद्धि रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट घाटा ६५ दशमलव ५ प्रतिशतले बढेर २९ अर्ब १६ करोड पुगेको छ । चालू आर्थिक वर्षको फागनुसम्म ५ खर्ब १ अर्ब ९७ करोड राजश्व संकलन भएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सरकारी खर्च ६ दशमलव ४ घटेर ५ खर्ब ७१ अर्ब ७७ करोड पुगेको छ । त्यस्तै नेपालले तिर्न बाँकी ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । कूल जीडीपीको ३७ दशमलव ३ प्रतिशत ऋण रहेको तथ्याङ्क सार्वजनिक गर्दै अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आन्तरिक ऋण मात्रै १ खर्ब १२ अर्ब ५२ करोड तिर्न बाँकी रहेको जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आयत २ प्रतिशतको हाराहारीमा बढेर गत फागुनसम्म ९ खर्ब ४३ अर्ब ९९ करोड बराबरको आयात भएको छ भने निर्यात भने ८० अर्ब ७८ करोडको मात्रै भएको छ । झण्डै साढे ८ खर्ब रुपैया व्यापारघाटा भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

६८ अर्ब सोधनान्तर बचत रहेकोमा चालु खाता भने १ अर्ब ४८ अर्ब ६८ अर्बले घाटामा रहेको मन्त्रालयले सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षमा ७ अर्ब ४८ विदेशी अनुदान र ८५ अर्ब २ करोड ९१ अर्ब ५० करोड विकास सहायता परिचालन भएको छ । मन्त्रालयका अनुसार ५० अर्ब ३८ करोड र अनुदान र ९ अर्ब ७१ करोड गरी ६० अर्ब ९ करोड ऋण प्रयोग भएको जनाएको छ ।

मन्त्रालयका चालू आर्थिक वर्षमा ६४ अर्ब १९ करोढ बराबरको विदेशी लगानी स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ । बैक तथा वित्तिय संस्थामा चालू आर्थिक वर्षमा ४२ खर्ब ६० अर्ब ४७ करोड निक्षेप संकलन भएकोमा ३८ खर्ब ४६ अर्ब ३१ करोड कर्जा प्रवाह भएको अर्थ मन्त्रालयले जनाएको छ ।

फागुनसम्म १४ खर्ब ३६ अर्ब ५४ करोड सञ्चिति रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : ५५ बजे

पूर्वपश्चिम लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

झापा– झापाको कनकाई नगरपालिका– ४ र ५ हुँदै झापा गाउँपालिका

शिक्षकका नेतालाई प्रश्नका झटारा !

काठमाडौं– देशैभरिका उच्च माविमा अध्ययनरत १२ कक्षाका विद्यार्थीको अन्तिम परीक्षा

कसले कति खानलाई पोखरा विमानस्थल निर्माण भयो ? सबै जेल जानुपर्छ : किराती

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय

दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो

रूपन्देही–  रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– २ अर्दौलीस्थित दानव नदीमा सोमबार

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी