विश्वकै ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालबाट ३१ जना सहभागी « Khabarhub

विश्वकै ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालबाट ३१ जना सहभागी


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकै ठूलो खगोल विज्ञानको सम्मेलन भएको छ । खगोल विज्ञानसम्बन्धी जानकारी लिन चाहनेहरूको यो सम्मेलन मे २४ मा सुरू भएको हो । कम्युनिकेटिङ एस्ट्रोनोमी विथ पब्लिक (सिएपी) को नवौं कन्फरेन्स भर्चुअल माध्यमबाट भएको हो ।

कोरोनाभाइरसको महामारीलाई मध्यनजरमा राख्दै सम्मेलन पहिलो पटक भर्चुअल गरिएको हो । जसमा विश्वका ८४ देशका १२ सयभन्दा बढी सहभागी भएका छन् । त्यसमध्ये नेपालबाट मात्रै ३१ जना सहभागी भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

नेपालबाट सहभागी हुनेहरू १३ वर्षदेखि ५० वर्षभन्दा माथिका छन् । चार दिनको सम्मेलन विभिन्न समयमा भएको हो । यो सम्मेलन नेपाली समयअनुसार भोलि बिहान सकिँदैछ । यो सम्मेलन हरेक दुई वर्षमा हुन्छ ।

नेपालको तर्फबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बुधबार आफ्नो प्रस्तुतीकरण दिएका थिए । उनले नेपालमा खगोल विज्ञानको पहुँचबारे प्रस्तुतीकरण दिएका हुन् ।

यो सम्मेलन विज्ञान र खगोल विज्ञानमा इच्छा हुने व्यक्तिहरूका लागि धेरै महत्वपूर्ण भएको अध्यक्ष भट्टराई बताउँछन् ।

‘मैले त्यहाँ हाम्रो मुख्य चुनौतीबारेमा बोलें । हाम्रो मुख्य चुनौती भनेको आज पनि मानिसहरूलाई ज्योतिष विज्ञान र खगोल विज्ञान छुट्याउन कठिन छ । नेपालका मिडियामा प्राय: ज्योतिष विज्ञानलाई नै स्थान दिइएको पाइन्छ,’ अध्यक्ष भट्टराईले प्रस्तुतीकरण उदृत गर्दै भने, ‘त्यसकारण खगोल विज्ञानबारे हामीले विभिन्न गतिविति तथा कार्यक्रमहरू आयोजना गरेर मानिसहरूलाई जानकारी दिइरहेका छौं भन्ने कुरा गरें ।’

यसमा भएका प्रस्तुतीकरण पछि CAP2021 Virtual नामक युट्युब च्यानलमा राखिनेछ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : ३५ बजे

पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत

अलैँचीको बजार मूल्य लगातार ओरालो

फुङ्लिङ – पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको

व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

काठमाडौं– सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनाररसुन्तलाले पहेँलपुर भएको

पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व