दूध ढुवानीमा समस्या « Khabarhub

दूध ढुवानीमा समस्या


१४ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा थप भएको निषेधाज्ञा शुक्रबारबाट थप कडाइ भएपछि दूधको ढुवानीमा समस्या आएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले रातिको ९ बजेदेखि बिहानको ९ बजेसम्म दूध ढुवानीका गाडी उपत्यका प्रवेश गरिसक्नुपर्ने बताएसँगै थप समस्या देखिएको जोरपाटी दुग्ध उत्पादन सरकारी संस्था काभ्रेका अध्यक्ष रबिन्द्र केसीले बताए ।

‘दूध संकलन केन्द्र वा दूध चिस्यान केन्द्रमा किसानहरुबाट दूध संकलन गर्दा बिहान ८ देखि ९ बज्छ, संकलित दूधलाई चिसो वा प्रशोधन गर्न २ घण्टा लाग्छ’ अध्यक्ष केसीले खबरहबसँग भने ‘तोकिएको समयमा उपत्यकाको नाका प्रवेश गर्न सकिदैन, त्यो अव्यवहारिक छ ।’

शुक्रवार साँगा, काभ्रेभञ्ज्याङ, जगाते, पनौतीलगायत चौकीहरुमा हजारौं लिटर दूध बोकेका गाडीहरु सिडियोको आदेश भन्दै डेढदेखि दुई घण्टासम्म होल्ड गराएको समेत उनले बताए ।

‘गत महिना प्रधानमन्त्रीले दूधको लोगो सार्वजनिक गर्दै दूध ढुवानीका साधनलाई एम्बुलेन्स सरह सविधा दिने नियम बनाएका थिए’ उनी भन्छन्, ‘तर एक महीना नबित्दै नियम कहाँ पुग्यो ?’

प्रधानमन्त्रीले भनेझैं दूध ढुवानीका लागि एम्बुलेन्स सरह सुविधा दिनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ३ : ५३ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको