खोपको समानुपातिक वितरणमा जोड दिन जी–सेभेन र जी–ट्वान्टी मुलुकलाई प्रधानमन्त्री ओलीको आग्रह « Khabarhub

खोपको समानुपातिक वितरणमा जोड दिन जी–सेभेन र जी–ट्वान्टी मुलुकलाई प्रधानमन्त्री ओलीको आग्रह


१४ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी खोपको समानुपातिक वितरणमा जोड दिन जी-७ र जी-२० मुलुकहरुलाई आग्रह गरेका छन् ।

देशबासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको समानुपातिक वितरण नहुँदा नेपालजस्ता विकाशसिल मुलुक यसको मारमा परेको उल्लेख गर्दै खोपको समानुपातिक वितरणमा जोड दिएका हुन् ।

‘जी-सेभेन र जी-ट्वान्टी मुलुकहरुले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्न जरुरी छ’ प्रधानमन्त्रीले भने, ‘सबैजना सुरक्षित नभइकन कोही पनि सुरक्षित हुन सक्दैन ।’

नेपालमा अनुदानबाट ३२ लाख २८ हजार डोज र खरिदबाट १० लाख डोजसहितको खोप अभियान अघि बढेको जानकारी प्रधानमन्त्री ओलीले दिए ।

महामारीविरुद्ध लडिरहेका र फ्रन्टलाइनमा खटिएकाहरुको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै प्रधानमन्त्रीले चिकित्सकमाथिको आक्रमण दण्डनीय भएको समेत बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : ३१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस