प्रधानमन्त्रीको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम | Khabarhub Khabarhub

प्रधानमन्त्रीको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको सारमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

उनले आफ्नो सम्बोधनको करिब आधा अंश सरकारले आगामी दिनमा गर्ने कामहरूको फेहरिस्त सुनाए ।

प्रधानमन्त्रीले शुरूमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवा क्षेत्रमा भइरहेको सुधारको कामको बयान गरे । यसपछि उनले प्रतिनिधिसभाको असफलता, नयाँ सरकार गठनको प्रयास, आफलाई जनता समावजादी पार्टीबाट प्राप्त समर्थन र अन्तनः प्रतिनिधिसभा विघटनको अवस्थाबारे बयान गरे ।

प्रधानमन्त्रीले आफ्नै पार्टीबाट आफूलाई भएको असहयोगको पनि बयान गरे । यसपछि प्रधानमन्त्रीले सरकारको काममा केही उपलव्धिहरुका साथ आगामी कार्यक्रमहरू सुनाए । समग्रमा प्रधानमन्त्रीको सम्बोधन नीति तथा कार्यक्रम रूपमा प्रस्तुत भएको छ ।

सम्बोधनको सत्तरीऔँ बुँदामा प्रधानमन्त्रीले भनेका छन्, ‘आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत सार्वजनिक गरिनेछ ।’

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ५ : २० बजे

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच