स्तन हटाएर एलियट बनिन् एलन « Khabarhub

स्तन हटाएर एलियट बनिन् एलन


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउडकी प्रख्यात अभिनेत्री एलियट पेज(पहिलाको नाम एलन पेज) प्रायः चर्चामा आइरहन्छिन् । केही समयअघि मात्र उनले आफू ट्रान्सजेण्डर भएको खुलासा गरेकी थिइन् ।

अमर उजालाका अनुसार गत वर्ष डिसेम्बरमा उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक पोस्ट गर्दै आफूले लिंग परिवर्तन गरेको र सर्जरी पछि आफु पुरुष बनेको जानकारी दिएकी थिइन् ।

यसपटक पुनः एलियट चर्चामा आएकी छन् । एलियटले आफ्नो इन्स्टाग्राम एकाउण्टमा आफ्नो सर्टलेस सिक्स एब्सवाला तस्वीर शेयर गरेकी छन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एलियटले टप सर्जरी गराएपछि पहिलोपटक आफ्नो यस्तो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी हुन् । तस्वीरमा फ्यानसँगै कैयौं सेलिब्रेटीले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

हलिउड फिल्म ‘इंसेप्शन’, ‘जूनो’ र ‘द अम्ब्रेला अकेडमी’ जस्ता फिल्मकी अभिनेत्री एलियटले सन् २०१३ मा टप सर्जरी गराएकी थिइन् । जुन सर्जरीबाट उनको दुवै स्थान फ्यालिएको थियो ।

त्यो सर्जरीलाई उनले ओपेरा विनफ्रेसँगको अन्तरवार्तामा ‘लाइफ चेञ्जिङ’ र ‘लाइफ सेभिङ’ भनेकी थिइन् । उनले आफू महिलाको पहिरनमा कहिल्यै पनि सहज हुन नसकेको खुलाएकी थिइन् ।

फिल्म ‘इंसेप्शन’को प्रिमियरका समयमा उनले जुन पहिरन लगाएकी थिइन्, त्यो पहिरनले उनी झण्डै बेहोस भएकी थिइन् । सर्जरी अघि उनले सन् २०१२ मा आफ्नो नाम एलन पेजलाई फेरेर एलियट पेज राखेकी थिइन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : १० बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने