दिल्लीमा संक्रमण दर घट्दो, लकडाउन खुकुलो बनाउने तयारी « Khabarhub

दिल्लीमा संक्रमण दर घट्दो, लकडाउन खुकुलो बनाउने तयारी


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पछिल्ला दिनहरू कोरोना संक्रमण दर घट्दै गएको बताएका छन् । दुई करोड जनताको मेहनतले यो सम्भव भएको उनको भनाइ छ ।

उनले भने, ‘एक महिनाभित्र कोरोनाको दोस्रो लहरलाई दिल्लीका मानिसहरूले नियन्त्रणमा लिएका छन् । विगत २४ घन्टामा कोरोनाको संक्रमण दर १.५ प्रतिशत रह्यो । अस्पतालमा अब बेडको कमी छैन । सबै किसिमका बेड उपलब्ध छन् ।’

मुख्यमन्त्री केजरीवालले संक्रमण दर घट्दै गएकाले अब लकडाउन खुलाउने बेला आएको बताए । उनले भने, ‘हामी कोरोनालाई नियन्त्रण पनि गर्छौं अनि आर्थिक गतिविधि पनि शुरू गर्छौं । सोमवार बिहान ५ बजेसम्म मात्र लकडाउन रहनेछ । बडो मुश्किलले कोरोना नियन्त्रणमा आएको छ । हामी बिस्तारै लकडाउन खोल्नेछौं ।’

उनले दैनिक ज्यालादारी मजदूरलाई प्राथमिकता दिने बताउँदै भने, ‘निर्माण र कारखानाको काम सोमवार बिहानबाट खोलिनेछ । एक हप्ताका लागि यो खोलिएको हो ।’

उनले कोरोना संक्रमण फेरि बढेको खण्डमा भने पुन: लकडाउन लगाउनुको विकल्प नहुने पनि बताए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : १५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको