दिल्लीमा संक्रमण दर घट्दो, लकडाउन खुकुलो बनाउने तयारी | Khabarhub Khabarhub

दिल्लीमा संक्रमण दर घट्दो, लकडाउन खुकुलो बनाउने तयारी


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पछिल्ला दिनहरू कोरोना संक्रमण दर घट्दै गएको बताएका छन् । दुई करोड जनताको मेहनतले यो सम्भव भएको उनको भनाइ छ ।

उनले भने, ‘एक महिनाभित्र कोरोनाको दोस्रो लहरलाई दिल्लीका मानिसहरूले नियन्त्रणमा लिएका छन् । विगत २४ घन्टामा कोरोनाको संक्रमण दर १.५ प्रतिशत रह्यो । अस्पतालमा अब बेडको कमी छैन । सबै किसिमका बेड उपलब्ध छन् ।’

मुख्यमन्त्री केजरीवालले संक्रमण दर घट्दै गएकाले अब लकडाउन खुलाउने बेला आएको बताए । उनले भने, ‘हामी कोरोनालाई नियन्त्रण पनि गर्छौं अनि आर्थिक गतिविधि पनि शुरू गर्छौं । सोमवार बिहान ५ बजेसम्म मात्र लकडाउन रहनेछ । बडो मुश्किलले कोरोना नियन्त्रणमा आएको छ । हामी बिस्तारै लकडाउन खोल्नेछौं ।’

उनले दैनिक ज्यालादारी मजदूरलाई प्राथमिकता दिने बताउँदै भने, ‘निर्माण र कारखानाको काम सोमवार बिहानबाट खोलिनेछ । एक हप्ताका लागि यो खोलिएको हो ।’

उनले कोरोना संक्रमण फेरि बढेको खण्डमा भने पुन: लकडाउन लगाउनुको विकल्प नहुने पनि बताए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : १५ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै