सनी लियोनीको छिमेकी बने अमिताभ « Khabarhub

सनी लियोनीको छिमेकी बने अमिताभ


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– मनोरञ्जन जगतका कलाकारहरुले प्रायः नयाँ घर या सम्पत्ति खरिद गरेको समाचार आइरहन्छन् । केही दिनअघि मात्र अभिनेत्री सनी लियोनीले पनि घर किनेको समाचार सार्वजनिक भएको थियो ।

अमर उजालाका अनुसार अभिनेता अमिताभ बच्चन अब सनीको छिमेकी बनेका छन् । अमिताभले मुम्बईमा ३१ करोड रुपैंयाँको एक डुप्लेक्स किनेका हुन् । उनले ५ हजार १ सय ८४ वर्गफूटको यो घर डुप्लेक्स क्रिस्टल ग्रुपको अटलान्टिस प्रोजेक्टमा किनेका हुन् ।

क्रिस्टल ग्रुप टीयर–२ तहको बिल्डर हो । अमिताभले डिसेम्बर २०२० मा यो घर किनेका थिए । तर यो दर्ता अप्रिल २०२१ मा गराए । अमिताभले ६२ लाख रुपैंयाँको स्टाफ शुल्क पनि दिएका छन् ।

महाराष्ट्र सरकारले कोभिड संक्रमणका कारण जनाउदै स्टाफ शुल्कमा छुट दिएका थिए । यसको फाइदा अमिताभले लिएका हुन् ।

अमिताभको नयाँघरमा ६ कार पार्क गर्ने सुविधा छ । २८ तलाको यो घरमा डुप्लेक्स फ्ल्याट २७ औं तलामा छ ।

सनीले मार्च २८ मा १६ करोड रुपैंयाँमा एक फ्ल्याट किनेकी थिइन् । उनको फ्ल्याट अँधेरी वेस्टको अटलान्टिस नामको बिल्डिङमा १२ औं तलामा छ । उनको फ्ल्याटबाट अमिताभको घर नजिकै पर्दछ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : ४० बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने