दीपकराज लेख्छन्, ‘‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ’ « Khabarhub

दीपकराज लेख्छन्, ‘‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ’


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय कलाकारमा पर्छन् । राजनीतिक विषय होस् या अन्य, उनी निकै चोटिलो किसिमले स्टाटसमार्फत व्यंग्य गर्छन् ।

शुक्रबार पनि उनले एक स्टाटस लेखे । आफ्नो ‘बा’लाई मूलपात्र बनाएर लेखेको उनको स्टाटस प्रधामन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन प्रति लक्षित थियो भन्ने प्रष्ट बुझ्न सकिन्थ्यो ।

किनकी प्रधानमन्त्रीका समर्थकहरु उनलाई ‘बा’ भनेर सम्बोधन गर्छन् । यो सम्बोधन सामाजिक सञ्जालमा लेखिएका पोस्टल प्रष्ट्याउछ ।

दीपकराजले सानो छँदा आफूलाई ‘बा’ले देशको कथा सुनाउने गरेको लेखेका छन् । ‘सानो छँदा ‘बा’ले देशको कथा भन्थे । म मन्त्रमुग्ध भएर सुन्थें, बाका हरेक कुरामा ताली ठोक्ने हात यिनै हुन्’, उनले लेखेका छन् ।

उनले अहिलेको ‘बा’को कथालाई बुझ्न नसकेको हो कि भनी उल्लेख गरेका छन् । ‘तर आजकल ‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ । हाम्रा ‘बा’को कथा भन्ने शैली पुराना भा हो कि, म धेरै बुझ्ने भा हुँ केहि था छैन’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ०५ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको