पूर्वमन्त्री भण्डारीले गरे अक्सिजन सिलिण्डर सहयोग « Khabarhub

पूर्वमन्त्री भण्डारीले गरे अक्सिजन सिलिण्डर सहयोग


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले जिल्लामा कोरोना सङ्क्रमितका उपचारमा अक्सिजनको अभाव हुन नदिन १७ अक्सिजन सिलिण्डर प्रदान गरेका छन् ।

उनले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ती सिलिण्डर हस्तान्तरण गरेका हुन् । हस्तान्तरित सिलिण्डर मध्ये आज नै जिपी कोइराला श्वास प्रश्वास तथा उपचार केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठलाई दश र दमौली अस्पतालका प्रमुख डा सुनिल पौड्याललाई सात थान दिइएको छ ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले केही दिन अघि जिल्लाका अस्पताल र आइसोलेशन कक्षमा स्वास्थ्य सामाग्री हस्तान्तरणका नेका तनहुँलाई रु १ लाख १ हजार १११ उपलब्ध गराएका थिए ।

कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले केही दिन भित्र स्वास्थ्य सस्थालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा