गर्भवतीको उद्धारका नाममा कोभिड बिरामी चढाउन खोजेपछि रित्तै फर्कियो हेलिकोप्टर « Khabarhub

गर्भवतीको उद्धारका नाममा कोभिड बिरामी चढाउन खोजेपछि रित्तै फर्कियो हेलिकोप्टर


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – गर्भवती महिलाको उद्धार गर्न भन्दै बोलाएर कोभिड–१९ को बिरामी भनिएपछि सोलुखुम्बुको फाप्लु पुगेको सिम्रिक एयरको हेलिकोप्टर उद्धार नगरी रित्तै फर्किएको छ ।

स्थानीय प्रशासनले गर्भवति महिलाको उद्धारका लागि भन्दै बोलाए पनि कोभिडको बिरामी भनेपछि सिम्रिक एयरको हेलिकोप्टर शुक्रबार रित्तै फर्किएको हो ।

फाप्लुबाट काठमाडौं लैजानका लागि लुक्लामा रहेको सिम्रिकको हेलिकोप्टर विहीबार साँझ ६ बजेर ७ मिनेटमा फाप्लु अवतरण भएको भएको थियो । अस्पतालबाट बिरामी झार्न आधा घण्टा भन्दा बढी समय लगाएपछि बिरामी गर्भवती नभई कोभिडको बिरामी भएको खुल्यो ।

हेलिकोप्टर कम्पनीका एक प्रतिनिधिका अनुसार कोभिडको छुट्टै स्वास्थ्य प्रोटोकल हुने भएकाले बिना चिकित्सक हेलिकोप्टरमा बिरामी ओसार्न नमिल्ने भएकाले शुक्रबार दिउँसो मौसम अनुकुल भएपछि रित्तो फर्कनु परेको थियो ।

हेलिकोप्टर कम्पनीले भने झुक्याएर बोलाइएकोले भाडा भुक्तानीको माग गरेको छ ।

यता स्थानीय प्रशासनले भने कुनै पनि निजी कम्पनीका हेलिकोप्टर कम्पनीसँग समन्वय नगरिएको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही भने, ‘हामीले गर्भवति महिलाको उद्धारका लागि राष्ट्रपति उद्धार कार्यक्रमसँग कुरा गरेका थियौं तर निजी हेलिकोप्टर कम्पनीलाई बोलाएका थिएनौं ।’ त्यो हेलिकोप्टर बिरामीकै आफन्तले झिकाएको हुन सक्ने उनले बताए ।

अहिले हेलिकोप्टर कम्पनीहरुले फाप्लुबाट काठमाडौँसम्म जानको लागि साधारण बिरामीको लागि २ लाख र कोभिड विरामीको लागि ४ लाख भाडा लिँदै आएको छ । यही भाडा बचाउन आफन्तले गर्भवती भनेर झुक्याएको हुनसक्ने बुझिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ३१ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक