कमल थापाको दाबी : निर्वाचनको विकल्प छैन, संसद पुनःस्थापना भए ओली नै प्रधानमन्त्री « Khabarhub

कमल थापाको दाबी : निर्वाचनको विकल्प छैन, संसद पुनःस्थापना भए ओली नै प्रधानमन्त्री


१४ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजात्तन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनःस्थापना भए फेरि पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्‍याएका छन् ।

थापाले चुनाव छाडेर अदालत जानेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले संसद पुनःस्थापना भए पनि ओलीलाई नै प्रधानमन्त्री बनाउने दाबी गरेका छन् । थापा भन्छन्, ‘ओलीले देश बर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुन: ओली नै प्रधानमन्त्री हुन्छन् । यो भविष्यवाणी होईन, संसदीय गणितले त्यही भन्छ ।’

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ९ : २७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस