‘फेक आइडी’ बनाएर चरित्र हत्या गरिएको भन्दै साइबर व्यूरोमा उजुरी « Khabarhub

‘फेक आइडी’ बनाएर चरित्र हत्या गरिएको भन्दै साइबर व्यूरोमा उजुरी


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राह्मण एकता समाजका नाममा सामाजिक सञ्जालमा ‘फेक आइडी’ बनाएर समाजिक सद्भाव खलबल्याएको तथा चरित्र हत्या गरिएको भन्दै  कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।

ब्यूरोका एसएसपी नविन्द अर्यालका अनुसार नेपाली काँग्रेस बैतडीका १५ जना नेताका तर्फबाट जनक भट्टले काठमाडौंस्थित साइबर ब्यूरोमा आइतबार उजुरी दिएका हुन् ।

केही दिनदेखि काँग्रेससम्बद्ध व्यक्तिहरुको नाम र तस्वीर सामाजिक सञ्जालमा राखि ब्राह्मण एकता समाज बैतडी नामको फेक आइडीबाट आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच आउने काम गरिएको भट्टद्वारा दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

जातीय, धार्मिक र सामाजिक सद्भाव खलबल्याउने पोस्ट गरिने गरिएको भन्दै उजुरीमा कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ०५ बजे

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको