‘फेक आइडी’ बनाएर चरित्र हत्या गरिएको भन्दै साइबर व्यूरोमा उजुरी « Khabarhub

‘फेक आइडी’ बनाएर चरित्र हत्या गरिएको भन्दै साइबर व्यूरोमा उजुरी


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राह्मण एकता समाजका नाममा सामाजिक सञ्जालमा ‘फेक आइडी’ बनाएर समाजिक सद्भाव खलबल्याएको तथा चरित्र हत्या गरिएको भन्दै  कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।

ब्यूरोका एसएसपी नविन्द अर्यालका अनुसार नेपाली काँग्रेस बैतडीका १५ जना नेताका तर्फबाट जनक भट्टले काठमाडौंस्थित साइबर ब्यूरोमा आइतबार उजुरी दिएका हुन् ।

केही दिनदेखि काँग्रेससम्बद्ध व्यक्तिहरुको नाम र तस्वीर सामाजिक सञ्जालमा राखि ब्राह्मण एकता समाज बैतडी नामको फेक आइडीबाट आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच आउने काम गरिएको भट्टद्वारा दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

जातीय, धार्मिक र सामाजिक सद्भाव खलबल्याउने पोस्ट गरिने गरिएको भन्दै उजुरीमा कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ०५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि