मनिसलाई आक्रमण गर्ने चितुवाको गोली हानी हत्या | Khabarhub Khabarhub

मनिसलाई आक्रमण गर्ने चितुवाको गोली हानी हत्या


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकामा मानिसमाथि आक्रमण गर्ने चितुवालाई गोली हानेर मारिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ नगरपालिका–७ फाँटका खड्कबहादुर गाहाको बंगुर खोरमा पसेको चितुवालाई गोली हानेर मरिएको हो ।

डीएसपी अधिकारीका अनुसार बंगुरको खोरमा रहेको चितुवाले एक्कासी निस्किएर स्थानीय ३८ वर्षीय लालबहादुर बिकमाथि आक्रमण गरेको थियो ।

मानिसमाथि आक्रमण गरेपछि थप क्षती नहोस भनेर सब–डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली चलाइएको डिएसपी अधिकारीले बताए ।

गोली लागेर घाइते भएको चितुवा केहीबेरमै मरेको थियो । चितुवाको आक्रमणबाट घाइते लालबहादुर बिक गल्याङ नगर अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : ०५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको