मनिसलाई आक्रमण गर्ने चितुवाको गोली हानी हत्या « Khabarhub

मनिसलाई आक्रमण गर्ने चितुवाको गोली हानी हत्या


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकामा मानिसमाथि आक्रमण गर्ने चितुवालाई गोली हानेर मारिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ नगरपालिका–७ फाँटका खड्कबहादुर गाहाको बंगुर खोरमा पसेको चितुवालाई गोली हानेर मरिएको हो ।

डीएसपी अधिकारीका अनुसार बंगुरको खोरमा रहेको चितुवाले एक्कासी निस्किएर स्थानीय ३८ वर्षीय लालबहादुर बिकमाथि आक्रमण गरेको थियो ।

मानिसमाथि आक्रमण गरेपछि थप क्षती नहोस भनेर सब–डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली चलाइएको डिएसपी अधिकारीले बताए ।

गोली लागेर घाइते भएको चितुवा केहीबेरमै मरेको थियो । चितुवाको आक्रमणबाट घाइते लालबहादुर बिक गल्याङ नगर अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : ०५ बजे

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह

राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन