गाँजासहित एक जना पक्राउ « Khabarhub

गाँजासहित एक जना पक्राउ


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- १५ किलो लागुऔषध गाँजासहित प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाउँपालिका –१ का ३६ वर्षीय राज महमत मियाँ हजाम छन्।

इलाका प्रहरी कार्यालय जितपुरको टोलीले हजामलाई बारा जितपुरसिमरा उपमहानगरपालिका–७ बाट  आइतबार अपराह्न पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रका अनुसार मोटरसाइकलमा सवार उनले पिठ्युँ र केरियरमा लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा फेला परेको हो ।

उनलाई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : ५० बजे

‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

एजेन्सी– जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप–स्टारझैँ स्वागत गरिन्छ

गलत सूचनाले नेपालमा लगानीको वातावरण र निजी क्षेत्रको मनोबलमा असर : अध्यक्ष ढकाल 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल

पुटिन-अमेरिकी राजदूत भेट्न तयार

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मंगलबार

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

बेलबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र