कक्षा ११ र १२ : संविधान र ऐनमा निःशुल्क, विद्यालयमा टन्न शुल्क | Khabarhub Khabarhub

कक्षा ११ र १२ : संविधान र ऐनमा निःशुल्क, विद्यालयमा टन्न शुल्क


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको एक तथ्याङ्कअनुसार हाल देशभरमा कक्षा ११ र कक्षा १२ पढाइ हुने सामुदायिक विद्यालयको संख्या ३ हजार २७४ छ । यो संख्या अर्थमन्त्रालयको आर्थिक सर्वेक्षण २०७८ मा उल्लेख गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाललका अनुसार २०७७ सालमा कक्षा ११ र कक्षा १२ सञ्चालन भएका सामुदायिक विद्यालयमा ४ लाख २५ हजार ४०५ जना विद्यार्थी भर्ना भएका थिए ।

यी विद्यालयमा १३ हजार ९७७ जना शिक्षक कार्यरत छन् । अनौठो के छ भने यी शिक्षकमध्ये करिब ४३ प्रतिशत अर्थात जम्मा ६ हजारले मात्र सरकारी कोषबाट तलब पाउँछन् । सरकारले २ हजार अस्थायी दरबन्दी र ‘राहत अनुदान’ भनेर ४ हजार गरी जम्मा ६ हजार शिक्षकका लागि तलब निकासा दिने गरेको छ ।

बाँकी ५७ प्रतिशत अर्थात ७ हजार ९७९ शिक्षक विद्यार्थीबाट उठाएको शुल्कबाट तलब पाउँछन् निजी स्तरमा ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई मौलिक हकमा राखेको छ । संविधानको धारा ३१ को उपधारा २ मा ‘प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनिएको छ ।

शिक्षा ऐन र शिक्षा नियमावलीले कक्षा ८ सम्मलाई आधारभूत शिक्षा र कक्षा ९ देखि कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानेको छ । शिक्षा नियमावली २०५९ को अनुसूची १२ को (घ.१) ले ९ कक्षादेखि १२ सम्म सञ्चालन भएको विद्यालयमा ८ जना शिक्षकको दबरन्दी हुने भएको छ ।

यसअनुसार हाल कक्षा ९ देखि १२ सम्म पढाइ हुने सामुदायिक विद्यालयमा २६ हजार १९२ शिक्षक दरबन्दी हुनुपर्ने हो । निजी स्रोतसमेत पनि १२ हजार २१५ जना शिक्षकको अभाव छ ।

सरकारले विद्यार्थी संख्या र शिक्षकको अनुपात पनि निर्धारण गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एक जना शिक्षक बराबर हिमाली क्षेत्रमा ४० जना, पहाडी क्षेत्रमा ४५ जना र तराई क्षेत्रमा ५० जना विद्यार्थी हुनुपर्छ ।

२०७७ सालको विद्यार्थी संख्या हेर्दा सरकारले कक्षा ११ र कक्षा १२ का लागि भनेर दरबन्दी र राहतमा दिएका १ जना शिक्षकको भागमा समग्रमा ७० जनाभन्दा बढी विद्यार्थी पर्छन् ।

माध्यमिक शिक्षा निःशुल्क भने पनि सरकारले आवश्यक संख्यामा शिक्षक नदिँदा कक्षा ११ र कक्षा १२ को शिक्षा निःशुल्क हुन सकेको छैन । विद्यार्थीहरूबाट शुल्क लिएर विद्यालयले निजी स्रोतमा शिक्षकहरू राख्नु पर्ने बाध्यता भएकोे प्रधानाध्यापकहरू बताउँछन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थिति विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान पढ्ने विद्यार्थीले वार्षिक २६ हजार रुपैयाँ तिर्नुपर्छ । मानविकी र शिक्षा समूहका विद्यार्थीले वार्षिक १४ हजार रुपैयाँ तिर्नुपर्छ । बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा वार्षिक २३ हजार रुपैयाँसम्म लिने गरेको छ ।

११ र १२ मा मात्रै ८ हजार शिक्षक अपुग

नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा बनेको ‘शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल’ ले कक्षा ११ र १२ का लागि मात्रै अझै ८ हजार विषयगत शिक्षक आवश्यक पर्ने निष्कर्ष दिएको थियो ।

कार्यदलको प्रतिवेदनका आधारमा दरबन्दी थप र मिलानको केही प्रयास भए पनि ठोस काम हुन नसकेकोको शर्माले बताए ।

अहिले सरकाले दिएको दरबन्दी र शिक्षक–विद्यार्थी अनुपातले शिक्षा गुणस्तरीय हुन नसक्ने कार्यदलको ठहर थियो । विद्यालयलाई विषयगत शिक्षक दिन नसक्ने सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन नसक्ने शर्माको भनाइ छ ।

बजेट नभई नयाँ दरबन्दी हुँदैन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदासम्म नयाँ शिक्षक दरबन्दी सिर्जना गर्न नसकिने बताए । आवश्यकताअनुसार बजेट भएपछि मात्रै शिक्षक दरबन्दी थप्न सकिने उनको भनाइ छ ।

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १२ : २० बजे

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध

हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङ– जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा

जंगल क्षेत्रले ओगट्यो कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक

काठमाडौंं– राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०-२०२२ राष्ट्रिय

काठमाडौँका विद्यालयमा सटर हटाउने अभियान : अधिकांश बन्द, केही स्टे अर्डरले रोकिए

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालय परिसरमा सञ्चालित अनधिकृत सटर हटाउने

आयोनले ल्यायो ‘द एक्स्ट्राअर्डिनरी अफर’, ८ लाख सम्मको छुट पाइने

काठमाडौं– आयोनले ‘द एक्स्ट्राअर्डिनरी अफर’ नामक प्रोमोशनल अफर सार्वजनिक गरेको