प्रदेश – २ मा साढे १४ लाख रुखका बिरुवा रोपिँदै « Khabarhub

प्रदेश – २ मा साढे १४ लाख रुखका बिरुवा रोपिँदै


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश – २ सरकारले साढे १४ लाख रुखका बिरुवा रोप्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले ‘प्रदेश हरित अभियान २०७८’ को आज एक कार्यक्रमबीच शुभारम्भ गर्दै साढे १४ लाख बिरुवा रोप्ने काम शुरू गरेका हुन् ।

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका – ४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममार्फत मुख्यमन्त्री राउतले वरपिपलको रुख रोप्दै अभियानको शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरे लगतै प्रदेशको आठ वटै जिल्लामा एक साथ वृक्षारोपण शुरुवात भएको छ ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियान अन्तर्गत आठ वटै जिल्लाको कुल १ हजार १३५ हेक्टर जमिनमा १४ लाख ४६ हजार ७९६ विरुवा रोप्ने योजना रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए ।

अभियानको शुभारम्भ कार्यक्रममा प्रत्येक जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु सहभागी भएका छन् ।

सप्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव, महोत्तरी र सर्लाहीमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय र आन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोज सिंह कुशवाहा, महिला बालबालिका तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव र पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले अभियानको सुरूवात गरे ।

धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, वन सचिव डा. कँडेल सहितको उपस्थिति थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : २४ बजे

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं