एक वर्षका लागि सभापतिमा सहयोग गर्न कोइरालालाई पौडेलको आग्रह « Khabarhub

एक वर्षका लागि सभापतिमा सहयोग गर्न कोइरालालाई पौडेलको आग्रह


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक पार्टीको सभापति बन्ने ठूलो इच्छा रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका छन् ।

पौडेल निवास बोहोराटारमा आज कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटवार्तामा पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।

आगामी १४औँ महाधिवेशनमा सभापतिका दाबेदारसमेत रहेका कोइरालासँगको भेटमा वरिष्ठ नेता पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताए । ‘अहिले मलाई छोडिदिनुहोस्, एक वर्षपछि म तपाईंलाई नै सहयोग गर्छु ।’ पौडेलेको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो ।

भेटमा कोइरालाले भने पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै वरिष्ठ नेता पौडेललाई भने लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधामन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गरेको बोहोराटार निकट स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : २१ बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई