एक वर्षका लागि सभापतिमा सहयोग गर्न कोइरालालाई पौडेलको आग्रह | Khabarhub Khabarhub

एक वर्षका लागि सभापतिमा सहयोग गर्न कोइरालालाई पौडेलको आग्रह


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक पार्टीको सभापति बन्ने ठूलो इच्छा रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका छन् ।

पौडेल निवास बोहोराटारमा आज कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटवार्तामा पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।

आगामी १४औँ महाधिवेशनमा सभापतिका दाबेदारसमेत रहेका कोइरालासँगको भेटमा वरिष्ठ नेता पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताए । ‘अहिले मलाई छोडिदिनुहोस्, एक वर्षपछि म तपाईंलाई नै सहयोग गर्छु ।’ पौडेलेको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो ।

भेटमा कोइरालाले भने पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै वरिष्ठ नेता पौडेललाई भने लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधामन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गरेको बोहोराटार निकट स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : २१ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार