जनकपुरका अधिकांश स्थान डुबानमा | Khabarhub Khabarhub

जनकपुरका अधिकांश स्थान डुबानमा


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आज बिहान परेको मुसलेधारे वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न छन् ।

एसियाली विकास बैंकको आर्थिक एवम् प्राबिधिक सहयोगमा एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले जनकपुरका सडक स्तरोन्नति गरिरहेको छ । ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ५५ बजे

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिपी राजमार्ग दशैँमा पुनःमर्मत गरिँदै

काभ्रेपलाञ्चोक – एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।

आज २०८२ साल असोज ५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।