झापामा केही खुकुलो गर्दै निषेधाज्ञा एक साता थप, बजारको चहलपहलले जोखिम बढ्ने खतरा | Khabarhub Khabarhub

झापामा केही खुकुलो गर्दै निषेधाज्ञा एक साता थप, बजारको चहलपहलले जोखिम बढ्ने खतरा



काठमाडौँ– कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा स्थानीय प्रशासनले झापामा असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

संक्रमणको जोखिम कायमै रहेको हुँदा गत वैशाख २३ गते जारी निषेधाज्ञा सातौँ पटक थप गरी निरन्तरता दिइएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आगामी असार २१ गते सम्मका लागि पुनः निषेधाज्ञा थप गरेको हो । यस अघि घोषणा गरिएको निषेधाज्ञा सोमबार राति सकिँदै छ ।

यस अवधीमा पसल व्यवसाय सञ्चालनको समयलाई भने बढाइएको छ । यस अघि १२ बजे सम्म सञ्चालन हुँदै आएका पसल व्यवसाय ३ बजे सम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । निजी तथा साना सवारी साधन जोरविजोर प्रणाली अनुसार चल्न दिइने भएको छ भने मनोरञ्जन स्थलहरु बन्द नै रहने भएका छन् ।

बजारमा भिड छ, कारोबार छैन

निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहल पहल भने बढेको छ । सार्वजनिक बस, विद्यालयका सवारी साधन लगायत ठूलो संख्यामा यात्रु ओसार पसार गर्ने बाहेक अन्य सवारी साधनहरु चल्न थालेका छन् । धेरैजसो पसलहरु मध्यान्ह सम्म खुल्ने गरेका छन् । सडकमा सवारी साधनका ताँती र बजारमा भिडभाड देखिए पनि व्यवसायिक कारोबार बढ्न नसकेको व्यवसायीहरु बताउँछन् ।

बजारमा बढेको चहलपहलले कोरोना संक्रमणको जोखिम बढ्ने खतरा समेत देखिएको छ । स्थानीय प्रशासनले स्वास्थ्य मापदण्ड पूर्ण पालन गर्न आग्रह गर्न समेत आग्रह गर्दै आएको छ ।

ढुवानीले समस्या

लामो समय सम्म ढुवानीका साधन सहज रुपमा चल्न नसक्दा व्यवसायिक कारोबारका लागि चाहिने सामाग्री समेत ल्याउन नसकिएको व्यवसायीहरको भनाइ छ । तयारी कपडा व्यवसायी समेत रहेका दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले निषेधाज्ञा अघि ल्याईएका कतिपय सामान काम नलाग्ने भएको र अहिले वर्षायामका लागि अन्य प्रकारका कपडाको माग हुने गरे पनि ल्याउन कठिनाई भएको बताए ।

उनले भने–‘नेपाल बाहिरबाट ल्याउनुपर्ने समान त कहिले र कति आउँछ भन्नेनै टुङ्गो छैन, नेपालकै विभिन्न ठाउँबाट मगाइएका समान समेत आउन सकिरहेको छैन ।’

यस्तै पसल खुल्ने समय फेरबदल भइरहने र दमक ग्रमिण क्षेत्रका बासिन्दामा निर्भर बजार भएकाले व्यवसाय सहज रुपमा चल्न नसकेको किचन गुड्स व्यवसायी ज्ञानु पौडेलले बताए । उनले भने–‘मानिसहरु गाउँबाट आउनुपर्छ, उताबाट मानिसहरु आउँदा आउँदै बजार बन्द हुने बेला भहाल्छ अनि कसरी गर्नु व्यापार ?’

किसान खेतीमा व्यस्त

वर्षायाम लागेको र दमक जस्ता ग्रामिण क्षेत्रका उपभोक्तामा निर्भर बजारहरुमा कारोवार बढ्न नसक्नुको मुख्य कारण किसान खेतीमा व्यस्त हुनु पनि हो । किसानहरुलाई यस बेला वर्षेधान तथा मकै थन्क्याउन र हिउँदे धान रोप्न धमाधम छ । जसका कारण पनि बजारमा खरिद–विक्रिको कारोवार बढ्न नसकेको हुन सक्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ बताउँछन् ।

‘अहिले महामारी पनि ठप्प भइ सकेको छैन, बजार खुल्ने र बन्द हुने समयको पनि टुङ्गोा छैन’ उनले भने–‘अनि किसान जति खेतीमै व्यस्त हुँदा बजार शुन्य देखिएको छ ।’

ग्रामिण क्षेत्रका बासिन्दाले समेत अहिले खेतीको समय भएकाले बजार जान समय नै नभएको बताएका छन् । झापा कमल– ६ का किसान बिमला अधिकारीले लामो समयसम्म कृषि उपज नै विक्री गर्न नपाउँदा आम्दानी घटेको र अहिले फेरि रोपाईको बेला भएकाले बजार जान नपाएको बताइन् ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ०० बजे

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा– झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित नमूना सामुदायिक वनभित्र रहेको

बकर ईद मनाउँदै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (ईद उल

विद्यार्थीलाई विद्यालय तहदेखि नै खेतीपातीमा आकर्षित गर्न नीति बनाउनु पर्छ : सांसद शाक्य 

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यले समग्र कृषिक्षेत्रको विकासका लागि

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका