राष्ट्रपतिले गरेको गल्ती अदालतले सच्याउँछ भन्ने भरोसा छ : देउवा | Khabarhub Khabarhub

राष्ट्रपतिले गरेको गल्ती अदालतले सच्याउँछ भन्ने भरोसा छ : देउवा


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिले संविधान कार्यान्वयनमा गलत बाटो लिएको आरोप लगाएका छन् ।

सोमबार विभिन्न पेशागत संस्थाका व्यक्तिहरुसँगको छलफलमा देउवाले भने, ‘राष्ट्रपति स्वयंले धेरै ठूलो गल्ती गरेकी हुन् । अदालतमा भरोसा गरेका छौँ । अदालत स्वतन्त्र छ ।’

अदालत स्वतन्त्र रहेको र कसैको दबाबमा नपरी निर्णय गर्ने सभापतिको देउवाको भनाइ छ । उनले भने, ‘अदालत कुनै पनि तागतको दबाबमा लाग्ने छैन । खारिएर आएका मानिसहरु हुनुहुन्छ । विश्वास गरौँ, अदालत नेपालको राष्ट्रको अदालत हो ।’

गठबन्धनको पहिलो प्राथमिकता कोभिड – १९ नियन्त्रण र रोकथाम रहेको पनि सभापति देउवाले बताए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : १० बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन