सामाजिक सुरक्षा कोषले आठ प्रतिशत प्रतिफल दिने « Khabarhub

सामाजिक सुरक्षा कोषले आठ प्रतिशत प्रतिफल दिने


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल दिने भएको छ । कोषले आर्थिक वर्ष २०७६/०७७ भित्र सूचीकृत योगदानकर्तालाई वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सङ्कलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल योगदानकर्तालाई दिन लागेको हो ।

सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ । वृद्धावस्था सुरक्षा योजनामा सङ्कलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

कोषले प्रतिफल बराबरको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने जनाएको छ । कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो ।

कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत छन् । कोषमा रु ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम सङ्कलन भएको छ । कोषले विभिन्न योजनाअन्तर्गत योगदानकर्तालाई रु ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख दाबी भुक्तानी गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै