सामाजिक सुरक्षा कोषले आठ प्रतिशत प्रतिफल दिने « Khabarhub

सामाजिक सुरक्षा कोषले आठ प्रतिशत प्रतिफल दिने


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल दिने भएको छ । कोषले आर्थिक वर्ष २०७६/०७७ भित्र सूचीकृत योगदानकर्तालाई वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सङ्कलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल योगदानकर्तालाई दिन लागेको हो ।

सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ । वृद्धावस्था सुरक्षा योजनामा सङ्कलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

कोषले प्रतिफल बराबरको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने जनाएको छ । कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो ।

कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत छन् । कोषमा रु ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम सङ्कलन भएको छ । कोषले विभिन्न योजनाअन्तर्गत योगदानकर्तालाई रु ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख दाबी भुक्तानी गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ०१ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल