पक्राउ परेका सपना रोका मगरसहित हाम्रो टिम नेपालका १७ अभियन्ता रिहा « Khabarhub

पक्राउ परेका सपना रोका मगरसहित हाम्रो टिम नेपालका १७ अभियन्ता रिहा


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका हाम्रो टीम नेपालका १७ जना अभियन्ता रिहा भएका छन् ।

महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा मिचेको भन्दै उनीहरुलाई सोमबार बिहान ११ बजे पक्राउ गरिएको थियो । आज साँझ उनीहरुलाई रिहा गरिएको हो ।

सबैजनालाई प्रहरीले पक्राउ गरेर भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखेको थियो ।

काठमाडौँ महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ प्रयोग गर्दै आएको अनामनगरको सरकारी जग्गा खाली गराएको थियो । जग्गा खाली गराउने क्रममा हाम्रो टिम नेपालका अध्यक्षसहित केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

अनामनगरको युनियन हाउससँगै रहेको सरकारी जग्गा १ वर्षदेखि जबरजस्ती भोगचलन गर्दै आएको र पटकपटक ताकेता गर्दा पनि खाली नगरको भन्दै महानगरले जग्गा खाली गराएको हो ।

सो क्रममा महानगरले उक्त जग्गामा रहेको टहरा समेत भत्काएको छ । खाली गराउने क्रममा प्रहरीले हाम्रो टिम नेपालका अभियानी विमल पन्त, सपना लगायतका अभियानीहरुलाई नियन्त्रणमा लिएको थियो।

उक्त जग्गा प्रयोगका बारेमा स्थानीय र हाम्रो टिम नेपालबीच विवाद समेत भएको थियो । हाम्रो टिम नेपालले निषेधाज्ञाका समयमा विपन्न नागरिकहरूलाई खाना खुवाउने अभियान सञ्चालन गर्दै आएको थियो ।

यो पनि पढौँ

‘हाम्रो टिम नेपाल’ ले कब्जा गरेको सरकारी जग्गा खाली गराइयो, अध्यक्षसहित केही पक्राउ 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै