एक सातामा एक हजार ५०० तालिवान विद्रोही मारिएको अफगान सेनाको दावी « Khabarhub

एक सातामा एक हजार ५०० तालिवान विद्रोही मारिएको अफगान सेनाको दावी


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानमा गत एक सातामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको सेनाले दाबी गरेको छ ।

सो क्रममा ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ ।

एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ ‘विद्रोही’ लडाकू मारिएका छन् ।

त्यस्तै ८०० भन्दा बढी घाइते भएका छन् । यस क्रममा १६ लडाकूलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानकारी गराएको छ ।

सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको बताइएको छ । बिद्रोहीले उक्त अवधिमा १४ सर्बसाधारणलाई हत्या गरेको र ३० लाई घाइते पारेको पनि खामा प्रेसद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।

सेनाको उक्त भनाइ अफगानी तालिवान समूहले विभिन्न प्रान्तका सदरमुकाम तथा जिल्लाहरूमा पुनः कब्जा गरेको भनाइ आइरहेका समय आएको हो ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने तयारी चलिरहेका समय तालिवान समूहले देशभर आक्रमण गरी आफ्ना गुमेका पूराना प्रभाब क्षेत्रलाई नियन्त्रण गरिरहेको समाचारहरू विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ४१ बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस